सिरहा । दुई पाङे, चारपाङे, तीन पाङे सवारी साधन सिरहा जिल्लाका प्रहरी कार्यालय, अदालत र भन्सार कार्यालयमा थन्किएको वर्षौ भईसकेको छ । प्रहरी कार्यालयले सवारीसाधन संलग्न मुद्दाको किनारा नलगाउँदा, जिल्ला अदालतले मुद्दा सम्बन्धी अन्तिम फैसला नगर्दा करौडौं मूल्यका सवारी साधन लामो समयदेखि सरकारी अड्डाहरुमा रहेको छ ।

यसैमध्येको एक हो, सिरहा भन्सार कार्यालय माडर । तस्करी मुद्दामा पक्राउ परेको सवारीसधान सिरहा भन्सार कार्यालय माडरमा वषौंदेखि थन्किएको छ । थन्किएको सवारीसाधन लिलामी प्रकृया नगर्दा ती सवारीसधान कवाडी बन्दै गएको छ । तैपनि सम्बन्धित कार्यालयले राज्यलाई राजश्व मार्फत आउने करौडौं रुपैयाँलाई खरानी बनाउन उद्दत रहेको छ । विभिन्न समयमा भन्सारमा बुझाइएका सवारी साधनको लिलामी प्रक्रिया अगाडि नबढाउँदा करौडौं मूल्यका सवारी साधनहरु कवाडी बन्दै गएको हो ।

लिलामी प्रक्रियाका लागि भन्सार परिसरमा जिप/कार/भ्यान १५ थान, पिकअप १९ थान, मोटरसाइकल ३ सय ४५, टेम्पु ७ थान र ट्रयाक्टर एक थान खुला आकाशमुनि यत्रतत्र छरिएर राखिएको छ । घाम, पानीमा राखिएको ती सवारीसाधन समयमा लिलामी प्रकृया सरु गरी बेच्न सकिए सिरहा भन्सार मार्फत सरकारलाई करौडौं रुपैयाँ राजश्व संकलन हुने पक्का छ । तैपनि सिरहा भन्सार कार्यालय माडरका कार्यालय प्रमुखले यसप्रति वेवास्ता गर्दै राज्यलाई नोक्सानी गराईरहेको छ ।

पहिलेकै सवारी साधन लिलामी प्रक्रियामा नजाँदा नयाँ बुझाइने सवारी साधनको लागि भन्सार परिसरमा राख्ने ठाउँको समेत अभाव छ । भन्सार परिसरमा बुझाइएका सवारी साधनहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार कार्यालय आफैंले भारतीय बजारबाट भन्सार छली गरी बरामद भएका तस्करीका मालसमान बोकी आएको जीप, कार, भ्यान, म्याजिक, मिनी ट्रक तथा मोटरसाइकलहरु रहेको छ । मुद्दाको दशीको रुपमा बुझाइएका ती सवारी साधनहरु सम्बन्धि मुद्दाको टुंगो लागिसके पनि सवारी साधनको टुंगो लागेको छैन ।
मुद्दामा जफत गरिएका सवारी साधनको लिलामी प्रक्रिया अगाडि नबढ्दा अधिकांश सवारी साधनहरुको मोटरपार्ट्स खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।

कसूर ठहर भई जफत भएका सवारी साधन लिलामी गरी त्यसबाट प्राप्त हुने आम्दानी राज्यको राजस्व खातामा जाने कानूनी प्रावधान छ तर भन्सार कार्यालयले लिलामीको प्रक्रिया अगाडि नबढाएकोले उक्त सवारीसाधन कवाडीको अवस्थामा पुग्न लगेर राज्यलाई हुने आम्दानीसमेत प्राप्त नहुने स्थानीय अगुवा शम्भु साहले बताएका छन् । ‘समयमै ती सवारी साधनहरु लिलामी हुने हो भने तिनीहरुको राम्रो मूल्य लाग्न सक्थ्यो,’ सिरहा सदरमुकामका मोटरपार्ट्सका व्यवसायी समेत रहेका अगुवा साहले भने, ‘भन्सार कार्यालयले लिलामीप्रति बेवास्ता गर्दा अब ती सवारी साधनहरु कुहिएर कवाडीको भाउँमा बेच्नुपर्ने अवस्था आउन सक्छ ।’
करौडौं मूल्यका सवारीसाधन अहिले कवाडी बन्दै गए पनि भन्सार कार्यालयका सूचना अधिकारी गोपाल महतोका अनुसार कर्मचारी अभावको कारण विगत करिब ७ वर्ष देखि गाडी लिलाम प्रकृया अगाडी बढाउन नसकेको बताए ।

त्यस्तै विगत सात वर्षमा पटक पटक कार्यालय प्रमुख फेरिए पनि कसूर ठहर भई जफत भएका सवारी साधन लिलामी तर्फ कुनै कार्यालय प्रमुख ध्यान नदिदा जफत भएका सवारी साधनहरु कवाडी बन्दै गएको सामाजिक अगुवाहरुको भनाइ रहेको छ । यस सम्बन्धमा कार्यालय प्रमुखसँग प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख रामराज प्रसाद चौरसिया सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय