सिरहा । मधेश प्रदेशका पूर्वराज्यमन्त्री एवं प्रदेश सभा सदस्य संजय कुमार यादवले सरोकारवाला निकायहरुले नागरिकलाई सूचनामा पहुँच बढाउने गरी स्वतः प्रकाशित गर्नुपर्ने बताएका छन् ।

सिरहा पुस्तकालयले आयोजना गरेको १७औं राष्ट्रिय सूचना दिवसको कार्यक्रममा पूर्वराज्यमन्त्री यादवले सूचनाको हक नागरिकको निम्ति कति आवश्यक भएको कुरा आफूले डेढ दशक पहिले नै थाहा पाएर क्लव स्थापना गरी अभियान संचालन गरेको स्मरण गर्दै सूचना लुकाउने परिपाटीको विरोध गरेका छन् । सूचनाको आवश्यकता व्यक्तिको जीवनमा महत्वपूर्ण भएकोले सूचना लुकाउने काम रोक्दै सर्वसुलभ रुपमा सूचना पाउने वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई अगाडी बढ्नुपर्ने पूर्वराज्यमन्त्री यादवले बताएका छन् । संविधानमै सुनिश्चितता नागरिकको सूचना पाउने हकको पूर्ण कार्यान्वयनमा सवैपक्षले विशेष ध्यान दिनुपर्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य जिवछी कुमारी यादवले सार्वजनिक निकाय, नीजि संस्था लगायतले नागरिकलाई सूचनाको हक उपभोग गर्ने विषयमा कुनै बाधा अडचन खडा गर्न नहुने बताएकी छिन् । सूचनाको हक प्रयोग गर्दा त्यसको दुरुपयोग गर्ने विषयमा सजग हुनुपर्ने सांसद यादवले सुझाव दिएकी छिन् ।

No description available.

यस्तै सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पौडेलले सूचना नदिदा पुनरावेदन गर्नुपर्ने अवस्था सृजना भएकोले त्यसप्रति सरोकारवाला निकाय सजग हुनुपर्ने बताएका छन् । मौलिक हकको रुपमा सूचनालाई राखिएकोले दिनुपर्ने सूचनाहरु सार्वजनिक गर्दै अनावश्यक रुपमा हुने कारबाहीबाट जोगिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
‘सूचना माँगौं, भ्रष्टाचार अन्त गरौं’ नारा सहित प्रभात फेरी र समुदाय जागरण अभियान अन्र्तगत सरोकारवालाको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिले बताएका छन् । सूचनाको हकसम्बन्धि ऐन् २०६४ लागु भएको दिनको सम्झनामा सिरहा पुस्तकालयको आयोजनामा पहिलो पटक सिरहामा दिवस मनाईएको अध्यक्ष कामतिले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरीका उपरीक्षक टेकुनन्द इवा लिम्बु, अवकाशप्राप्त प्रध्यापक चन्देश्वर प्रसाद यादव, नागरिक अगुवा रामकिशोर यादव, नेपाल स्काउटका प्रदेश संयोजक दिनेश कुमार यादव, पत्रकार बैद्यनाथ यादव, स्ववियू सिरहा क्याम्पसका सभापति दिपेन्द्र कुमार यादव, नेविसंघ सिरहा क्याम्पस सभापति नवरत्न यादव लगायतले सूचनाको हकको महत्वको वारेमा आफ्ना भनाई राखेका थिए ।

दुई जनालाई सम्मान
सूचनाको हक सम्बन्धी अभियानमा लामो समयदेखि सक्रिय रुपमा लागेका दुईजना अभियानीलाई सम्मान गरिएको छ । सूचनाको अभियान सफल बनाउन लामो समयदेखि लागेका पत्रकार बद्रीनारायण यादव र सूचना अभियन्ता परशुराम साहलाई खादा ओढाएर सम्मान गरेको हो ।
मधेश प्रदेका पूर्वराज्यमन्त्री एवं प्रदेश सांसद संजय कुमार यादवले पत्रकार बद्रीनारायण यादव र प्रदेश सभा सदस्य जिवछी कुमारी यादवले सूचना अभियानी परशुराम साहलाई खादा ओढाएरसम्मान गरेको छ ।

कार्यक्रममा स्वागत मन्त्वय वास नेपालका सिरहा जिल्ला संयोजक गोविन्द विष्टले राखेका थिए भने कार्यक्रमको संचालन सिरहा पुस्तकालयका उपाध्यक्ष भोगेन्द्र साहले गरेका थिए । कार्यक्रममा सूचनाको हकसँग सम्बन्धी भएर सूचना अभियन्ता परशुराम साहले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अपन दैनिकका प्रकाशक/सम्पादक शुभनारायण कामती, जनमत पार्टीका केन्द्रिय सदस्य सन्तोष यादव, डा अभिनाश पूर्वे, सशस्त्र प्रहरी निरिक्षक सियाराम चौधरी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

No description available.

यस्तै सहिद राजेश ठाकुर पार्कबाट निकालिएको प्रभात फेरीमा माउन्ट एभरेष्ट सेकेण्डरी बोडिङ स्कूल, मोर्निङ पर्ल एजुकेशनल एकेडमी, बालसंसार इग्लिस बोर्डिङ स्कूल र एभरेष्ट इग्लिस बोर्डिङ स्कूलका छात्रछात्राको सहभागिता समेत रहेको थियो ।
२०६४ साल साउन ५ गते सुचनाको हकसम्बन्धि ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखी लागु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय