सिरहा । देशको पूरानो मध्येको एक सिरहा पुस्तकालयले अगामी भदौं १५ मा हुने १६औं पुस्तकालय दिवसलाई लक्षित गरी एक महिने कार्यक्रम सार्वजनिक गरेको छ ।

सिरहा पुस्तकालयको सभाहलमा शुक्रवार एक कार्यक्रम गरी भदौं महिनाभरी आयोजना गरिने कार्यक्रम सार्वजनिक गरिएको हो । ‘पुस्तौं पुस्ताको लागि पुस्तकालय’ मूल नारासँग मनाइने पुस्तालयका दिवसको अवसरमा सिरहा पुस्तकालयले महिना भरी विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
अन्तर पुस्तकालय सिकाई र उपलब्धी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिले एक महिने कार्यक्रम सार्वजनिक गरेका छन् । जस अनुसार भदौं महिनाभरी प्रत्येक शुक्रवार हाजरी जवाफ, निबन्ध प्रतियोगिता, सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानाध्यापकहरु संवाद कार्यक्रम गर्नेछन् । यस्तै पुस्तकालय दिवसलाई विशेष बनाउने गरी सभाको आयोजना गर्ने भएको छ । साहित्यीक/लेखन क्षेत्रबाट एक जना र पत्रकारिता क्षेत्रबाट एक जना गरी दुई जनालाई नगद राशी सहित सम्मान गर्ने योजना सार्वजनिक गरिएको छ ।

सिरहा पुस्तकालय ऐतिहासिक भएकोले भदौं महिनालाई विशेष उत्सवको रुपमा मनाउने गरी संवाद, अन्तरक्रिया, बहस जस्ता कार्यक्रमहरु पनि आयोजना गरिने सिरहा पुस्तकालयका अध्यक्ष कामतिले बताएका छन् ।
अन्तरक्रियामा सिरहा पुस्तकालय उपाध्यक्ष भोगेन्द्र साह र कोषाध्यक्ष हितेन्द्र गोहिवारले काठमाडौंमा रहेका विभन्न पुस्तकालयको भ्रमण र त्यहाँबाट प्राप्त गरेको सिकाई लगायतको विषयमा अन्तरक्रियामा सहभागीहरुलाई जानकारी गराएका थिए । अन्तरक्रियामा सहभागी पूर्वअध्यक्ष गंगाप्रसाद साह, सचिव प्रद्युमन उपाध्याय, सूर्यनारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसका प्रमुख रामहित यादव, प्रध्यापक अशोक यादव, उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साह, बरिष्ठ पत्रकार अनिरुद्ध ठाकुर, अवकासप्राप्त विद्यालय कर्मचारी गंगा कामती, अवकासप्राप्त शिक्षक राजलाल राय, व्यवसायी महेन्द्र प्रसाद यादव, शिक्षक कपिलदेव यादव, अपन दैनिकका प्रकाशक सम्पादक शुभनारायण कामती, प्रअ मो. सनिउला राईन, नेपाल स्काउटका प्रदेश संयोजक दिनेश कुमार यादव लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा सहभागीहरुले सिरहा पुस्तकायले सार्वजनिक गरेको एक महिने कार्यक्रम राम्रो भएको र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रमले धेरै विषयवस्तु समेटिएकोले कार्यान्वयनमा विशेष ध्यान दिई सफल बनाउनु पर्ने सहभागीहरुको जोड रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय