सिरहा । नेकपा एमालेको विद्यार्थी संगठनका रुपमा रहेको अनेरास्ववियु सिरहा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ ।
एमाले प्रदेश कमिटि सदस्य शिवशंकर यादवको प्रमुख आतिथ्यमा भएको बैठकमा प्रदेश अधिवेशन र स्थानीय तह केन्द्रित कमिटि गठन गर्ने विषयमा छलफल भएको छ । बैठकले चाँडै अनेरास्ववियूको प्रदेश कमिटिको अधिवेशन गर्ने र त्यसको निम्ति स्थानीय तहमा पनि आफ्नो संगठन विस्तार गरी सक्रिय बनाउने निर्णय गरेको छ ।

बैठकमा नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष तथा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, जिल्ला सचिव एवं जनसंगठन इन्चार्ज समेत रहेका भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव, पूर्व संविधान सभा सदस्य आशा यादव, बाल संगठन सिरहा अध्यक्ष दिनेश यादव, जिल्ला समन्वय समिति सिरहाका सदस्य गिता पासमान लगायतको जिल्लाका शिर्ष नेतृत्वहरुको उपस्थिती रहेको थियो ।



