सिरहा । सदरमुुकाम सिरहामा मिटरव्याज पीडितहरुले फेरि प्रदर्शन गरेका छन् । मधेश प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा सिरहा सदरमुकाम आएका पीडितले सिरहाको विभिन्न भागमा परिक्रममा गर्दै विरोध प्रदर्शन गरेका हुन् । महावीर चौकवाट निस्किएको विरोध प्रर्दशन नगरको परिक्रमा गरी सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
आयोग र कानून आइसकेको अवस्थामा पीडितको पक्षमा काम नभइरहेको पीडितहरुको आरोप छ ।


सुजता साहलाई कारबाही माग
यता विरोध प्रर्दशनमा सहभागी भएकाहरुले सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने र धेरैलाई प्रताडित गरेको भन्दै उजुरीको आरोपमा पक्राउ परेका मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साहलाई कारबाही गर्न माग गरेको छ ।
पक्राउ परेका साहलाई कुनैपनि हालतमा नछाड्न र कानूनी कारबाही गर्दै पीडित परिवारलाई न्याय प्रदान गर्नुपर्ने प्रदर्शन सहभागीहरुले माग गरेका छन् । साह माथी ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको थियो । सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

निरन्तर आन्दोलन
मिटरब्याज पीडितहरु एकजुट हुँदै सिरहादेखि काठमाडौंसम्म आन्दोलन गर्न पुुगेका छन् । सिरहासँगै मधेश प्रदेशका अन्य जिल्लाहरुबाट पीडितहरु सहभागी भएर काठमाडौंमा आन्दोलन गरेपछि सरकारले कानून ल्याउन बाध्य भएका थिए । कानून अनुसार पीडित परिवारलाई न्याय प्रदान गर्न सरकारले विशेष जोड दिनुपर्ने भन्दै पीडित परिवारहरु निरन्तर आन्दोलनमा उत्रिदै आएका छन् । मिटरब्याजी पीडितहरुको एकजुट बनाउँदै गठन गरिएको संघर्ष समितिका संयोजक मनोज पासमानले राज्यलाई पीडित परिवारलाई न्याय प्रदान गर्न दबाब दिन आन्दोलन गर्दै आएको बताएका छन् ।
https://www.facebook.com/ApanDainik/videos/263058489842555



