जनकपुरधाम । भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी खिरौनाका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादवको टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा लागूऔषधसहित दुवै महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





