जस अन्र्तगत सिरहाको धनगढीमाई नगरपालिका–८ मा ३ सय १२ जनामध्ये १६७, कल्याणपुर नगरपालिका–९ मा ८ सय जनामध्ये २ सय ४२ जना र मिर्चैया नगरपालिका–४ मा ३ सय ५६ जनामध्ये १ सय ४७ जनाले मतदान गरेका छन् ।

सिरहा । सिरहा जिल्लाका १७ मध्ये तीन वटा स्थानीय तहमा तीन जना वडा अध्यक्ष सहितको प्यानल निर्वाचित भएको छ । धनगढीमाई नगरपालिका–८ मा वडाअध्यक्षमा रामभरोस महतो, कल्याणपुर नगरपालिका–९ मा वडाअध्यक्षमा विनोद यादव र मिर्चैया नगरपालिका–४ वडा अध्यक्षमा दिलिप सिंह दनुवार निर्वाचित भएका छन् । तीन जनाको एक वर्षको कामको समिक्षा गर्न निर्वाचन सम्पन्न भएको जिल्ला इन्चार्ज विनोद यादवले बताएका छन् । जस अन्र्तगत सिरहाको धनगढीमाई नगरपालिका–८ मा ३ सय १२ जनामध्ये १६७, कल्याणपुर नगरपालिका–९ मा ८ सय जनामध्ये २ सय ४२ जना र मिर्चैया नगरपालिका–४ मा ३ सय ५६ जनामध्ये १ सय ४७ जनाले मतदान गरेका छन् ।

२२ स्थानमा निर्वाचन
डा सिके राउत नेतृत्वको जनमत पार्टीले २२ स्थानमा आफ्ना स्थानीय तहको जनप्रतिनिधिहरुको मतदानमार्फत मूल्यांकन गर्न निर्वाचन सम्पन्न गरेको छ । ‘एप्रुभल रेटिङ’ को निम्ति ७ जिल्लामा शनिवार मतदान सम्पन्न भएको जनमत पार्टीले जनाएको छ ।
२०७९ को स्थानीय निर्वाचनमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, रुपन्देही, कपिलवस्तु, र बर्दिया जिल्लामा गरी २२ स्थानमा निर्वाचित भएका प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएका छन् । ती स्थानीय तहहरुमा निर्वाचित भएका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको एक वर्षको कामको समिक्षा गर्न जनमत पार्टीले ‘एप्रभल रेटिङ’ अन्र्तगत निर्वाचन सम्पन्न गरेको जनमत पार्टीका सचिव विपि साहले बताएका छन् ।

२२ वटै स्थानमा निर्वाचन सम्पन्न भएको र मतगणना जिल्लामै हुने भन्दै सचिव साहले स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षमध्ये जसको काम गराई खराब भएमा स्पष्टीकरण सोध्ने प्रकृया सुरु हुने बताएका छन् ।
जनमत पार्टीवाट स्थानीय तहमा निर्वाचित भएकाहरु अनुभव विहिन रहेको, प्रदेश र संघको निर्वाचनको कारणले पनि राम्रोसँग समय दिन नसकेको कुरालाई ध्यानमा राख्दै कार्यविधि बनाएर अघि बढ्ने सचिव साहले बताएका छन् ।
‘यस पटकको एप्रुभल रेटिङको निर्वाचनवाट नजिता राम्रो ल्याए धेरै राम्रो,’ सचिव साहले भने,’ सचिव साहले भने,‘जसको खराब आए उनीहरुलाई निर्देशनात्मक र सुर्धानको अवसर दिने र अर्कोवर्षको चुनावमा नजितामा सुधार नभए पदवाट हटाउँछौं ।’


‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ्ग निर्वाचन गरेको छ । २२ स्थानमा बिहानदेखि मतदान सुरु भएपनि केही स्थानमा वर्षाको कारण मतदान प्रक्रिया ढिलो भएको थियो । मतदान गराउनका लागि पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । एप्रुभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो । २०८० बैशाख ३० गतेभन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाएका छन् । स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलो पटक भएको सचिव साहले दाबी गरेका छन् ।
निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय