जनकपुरधाम । कमला नदीमा बगाएका दम्पती मध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ ।
बुधबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा आज दिउँसो श्रीमती ३० वर्षीय माया पजियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

श्रीमान ३५ वर्षीय साजन परियार अझै बेपत्ता छन् ।
मंगलबार दिउँसो १ बजे कमला ब्यारेज नजिक दाउरा टिप्न गएको बेला गणेशमान चारनाथ नगरपालिका–७ का परियार दम्पतीलाई बाढीले बगाएको थियो ।



