सिरहा । सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन रहेको कमला नदीको पक्की पुलमा कुनै शुल्क उठाउन नपाईने सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले प्रष्ट पारेका छन् ।

समाजिक संजालमा कमला नदीको भाँसिएको पुल चढ्न बनाईएको बासको अस्थायी पुल भएर ओहोरदोहर गर्नेसँग केही युवाहरुले रकम असुल गरेको भिडियो भाईरल भएपछि मेयर डा यादवले सो कुरा प्रष्ट पारेका छन् । हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधाम स्थित कार्यालयको सहकार्यमा सिरहा नगरपालिकाले अस्थायी पुल निर्माण गरेको र निःशुल्क रुपमा यात्रुलाई आवतजावत गर्ने वातावरण मिलाएको मेयर डा यादवले बताएका छन् ।

‘समाजिक संजालमा पोष्ट भएको भिडियोले गम्भीर बनाएको छ,’ मेयर डा यादवले भने, ‘अस्थायी पुल उद्घाटनकै बेला घोषणा गरिएको निःशुल्क सेवालाई अवरोध पार्न कार्य गर्नु अपराध हो । यस विषयमा स्थानीय प्रशासनलाई छानबिन गर्न आग्रह गरिसकेको छु ।’

सिरहा नगरपालिकाले नागरिकको आवतजावतलाई सहज बनाउने काम गरेको र यसमा बाधा अवरोध पुर्याउनेलाई कानूनी दायरामा ल्याउने भन्दै मेयर डा यादवले अस्थायी पुल भएर ओहोरदोहार गर्नेलाई कुनै शुल्क नदिन आग्रह गरेका छन् । ‘अस्थायी पुलबाट ओहोरदोहार गर्न कुनै शुल्क लाग्दैन्,’ मेयर डा यादवले भने, ‘सिरहा, धनुषासँगै अन्य जिल्लावाट आउने यात्रुहरुसँग आग्रह गर्दछु । पुल निःशुल्क संचालन गर्न बनाईएको छ । पैसा दिनु पर्दैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय