सिरहा । सिरहामा आँखा पाक्ने रोगको संक्रमण बढेको छ। केही दिनयता सिरहाको ग्रामीणदेखि बजार क्षेत्रमा आँखा पाक्ने रोग फैलिरहेको छ।

आँखा रोगसम्बन्धी उपचारमा सक्रिय रहेका चिकित्सकले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)को संक्रमण बढेको जनाएका छन्।
मिर्चैया अस्पतालमा आँखा उपचार केन्द्रका प्रमुख रहेका डा. ललन राय (दृष्टि विशेषज्ञ)ले अहिले हावाद्वारा ए–अर्कामा सर्ने गरी आँखा पाक्ने रोगको संक्रमण बढेको बताएका छन्। आँखा उपचार केन्द्र मिर्चैयामा दैनिक ७० जनाभन्दा बढी आँखा पाक्ने रोगको संक्रमित भएर उपचार गराउन आउने गरेको डा. रायले बताएका छन्।

यस्तै, सदरमुकाम सिरहामा रहेको आँखा उपचार केन्द्रमा दैनिक डेढ सयभन्दा बढी आँखा पाक्ने रोगबाट संक्रमित भएकाहरू उपचार गराउन आउने गरेका छन्। उपचार केन्द्रका प्रमुख डा. वीरेन्द्रकुमार यादवले गत सोमबारदेखि आँखा पाक्ने रोगबाट संक्रमित भएकाहरू उपचार गराउन आउने गरेका बताएका छन्।

एडिनो भाइरस कन्जन्टिभाइटिसबाट संक्रमित भएकाहरूको आँखा रातो हुने, दुख्ने, चिलाउने, आँखाबाट पानी बग्नेजस्ता समस्या देखिएको डा. यादवले बताएका छन्। मौसमी फ्लु भएकाले पनि एक सातामा निको हुने भएकाले तत्काल आँखा उपचार केन्द्रमा रोगीहरू पुग्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय