सिरहा । सदरमुकाम सिरहामा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा जिल्ला हुलाक कार्यालय भित्र संचालनमा रहेको हुलाक बचत बैंक गाँभिएको छ ।

राबाबैंकमा एक कार्यक्रमकावीच दुवै बैंकवीच गाँभिएको विषयमा सम्झौता भएको छ । सरकारले चालू आर्थिक वर्षमा हुलाक बचत बैंकलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभ्ने नीति लिए अनुसार नै सिरहामा पनि गाँभिएको राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशंकर यादवले बताएका छन् ।

हुलाक बचत बैंकमा रहेको निक्षेप ३ करोड ८ लाख ५३५ रुपैयाँको चेक बैंकका प्रबन्धक सुरेश साहले राबाबैंकका प्रबन्धक यादवलाई हस्तान्तरण गरेका थिए । त्यस क्रममा हुलाक बचत बैंकमा रहेको १ हजार ३६७ जनाको ग्राहकको खाता र १७ जनाको कर्जा सम्बन्धी फाईल पनि हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!