सिरहा । सिरहा नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा न्यू भिजन युवा क्लब तथा सामुदायिक विकास केन्द्र सिरहाले आर्थिक बर्ष २०८०/०८१ को लागि लिखित रुपमा योजना विवरण सुझाव पत्र पेश गरेका छन् ।

न्यू भिजन युवा क्लबले नियमित बैठकमा छलफल गरी विभिन्न वडाहरुमा ५ बुंदे योजना विवरण सुझाव पत्र बुझाएका हुन । सिरहा नगरपालिकामा बुझाएको वडाहरु ७, ८, ९, १०, ११, १२ मा योजना छनौट संम्बन्धी ५ बुंदे योजना विवरण सुझाव पत्र अनुसार, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा सस्थागत विकास मा गाँसिएका समस्याहरु समाधानको लागि योजना विवरण सुझाव पत्र वडाहरुमा बुझाएका छन् ।

स्वास्थ्य चौकी र बिद्यालयमा सुरक्षित खानेपानी तथा बालमैत्री शौचालयको ब्यवस्था, कृषि समाग्री (मल र बीउको) सुलभ तथा प्रयाप्त रुपमा उपलब्ध गराउने कार्यक्रम, जनचेतनामुलक कार्यक्रम ल्याउनु पर्ने, हाल निर्माण भएका तथा भइरहेका बाटो, सडकको ढल निकास तथा ब्यवस्थापन नहुदा बस्ति दुवान हुने गरेकोले उचित ढल निकासको ब्यवस्था तथा निर्माण गर्ने, सचेतना तथा सर्तकतामुलक कार्यक्रमहरु योजना छनौट प्रक्रियामा प्राथमिकतामा राख्नु पर्ने भन्दै ५ बुंदे योजना विवरण सुझाव पत्र बुझाएको न्यू भिजन युवा क्लबले जनकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय