काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यालय समयको अन्तिम घडीमा अधिकारीले स्पष्टीकरणको जवाफ दर्ता गरेका हुन् ।

मन्त्री सुदन किरातीका अनुसार महानिर्देशकले बुझाएको जवाफबारे अध्ययन भइरहेको  बताए । उनले भने,‘ सबै बुँदामा अधिकारीले जवाफ फर्काएका छन्, हामी अध्ययन गर्दैछ    । चित्त नबुझे थप एक्सनमा जान सक्छौँ ।’ यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि असार २१ मा तीन दिने स्पष्टीकरण सोधेका थिए ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । मन्त्री किरातीले तीन दिने स्पष्टीकरणको जवाफ चित्त नबुझे अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय