सिरहा । सिरहा जिल्ला वैदेशिक रोजगारीमा खाडी मुलुक र मलेसिया पुग्ने सूचीमा दोस्रोमा पर्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार सिरहा जिल्लावाट ५० हजार वढी वैदेशिक रोजगारीमा पुगेका छन् । त्यही भएर सिरहा जिल्लामा वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई एकीकृत गर्ने भएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पुन एकीकरण गराउने उदेश्य सहित ‘रेमी परियोजना’ सिरहा नगरपालिकामा सुरु हुन लागेको छ । यस सम्बन्धी सिरहा नगरपालिकामा सरोकारवालाहरूसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बिच द्विपक्षीय सम्झौता भए अनुसार मधेश प्रदेशको १० वटा स्थानीय तहमध्ये सिरहा नगरपालिकामा परियोजना सुरु हुने भएको छ ।
सिरहा नगरपालिकासँगै जिल्लाका अन्य एक पालिकामा गरी २ स्थानीय तहमा परियोजना सञ्चालन तयारी भएको छ । परियोजनाले सिरहा नगरपालिका क्षेत्रमा गर्ने कामहरुको विषयमाथि सरोकारवालाहरुलाई जानकारी गराएको गोष्ठी सम्पन्न गरेको छ । सिरहा नगरपालिकाकी उपमेयर बबिता कुमारी साहको अध्यक्षतामा संञ्चालन भएको गोष्ठीमा नीतिगत कुरा अन्र्तगत परियोजना कसरी आयो ? र परियोजनाको किन आवश्यकता छ ? यसको महत्व के हो ? जस्ता विषयमा छलफल भएको छ ।

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले बैदेशिक रोजगारीमा जानु पर्ने अवस्था बैदेशिक रोजगरमा रहेका नेपालीको तथ्यांक लगायतको विषयमा प्रस्ट् पारेका थिए ।

उक्त परियोजनाको लागि प्रदेश संयोजक राकेश झाले समग्र परियोजना वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुलाई स्वदेश भित्र सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक जीवनमा सक्रिय रुपमा स्थापीत गराउने उदेश्य रहेको बताएका छन् । कार्यक्रममा नगरपालिकाका उपमेयर साह, प्रमुख प्रशासकीय अधिकृत यादव, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखाका प्रमुखसँगै विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय