सिरहा । सदरमुकाम सिरहामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको गाडीमा गएराती आगजानी भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कम्पाउण्डमा रहेको प्रदेश २–०१–००१ झ–००३२ नम्बरको सरकारी गाडीमा गएराती करिब २ बजे अज्ञात व्यक्तिले कम्पाउण्डमा पार्कीगरी राखेको कार्यालयको गाडीमा आगजानी गरेको छ । जसले गर्दा गाडीको अधिंकास भाग जलेको र करिब ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमिति प्रवक्ता इन्सपेक्टर शंकर चौधरीले बताए ।


इन्सपेक्टर चौधरीका अनुसार गाडी कार्यालयको कम्पाउण्डमा पाकिङ्ग गरी राखेको रातीको समयमा कसले र किन आगजानी गरेको भन्ने विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



