सिरहा । जिल्ला अदालत सिरहाका २ नम्बर इजलाशका न्यायधिश लिलाराज अधिकारीको इजलाश बहिस्कार गरिएको छ ।
नेपाल बार एशोसिएसन सिरहाले न्यायधिश अधिकारीको इजलाश बहिस्कार डेढ महिना अघिदेखि गर्दै आईरहेको छ । नेपाल बार एशोसिएसन सिरहाले गत वैशाख १७ देखि न्यायधिश अधिकारीको सरुवाको माग गर्दै इजलाश बहिस्कार गर्दै आईरहेको छ । बारले इजलाश बहिस्कारको घोषणा गरेदेखि इजलाश लाग्न सकेका छैन् । फैसला र आदेशमा न्यायधिश अधिकारीले मनोपरी गरेको भन्दै नेपाल बार एशोसिएसन जिल्ला अदालत सिरहा ईकाईले इजलाश बहिस्कार गर्दै आएको हो ।

बारले इजलाश बहिस्कार गरेपछि न्यायधिश अधिकारी जिल्ला अदालत सिरहा आउन छाडेका थिए । काठमाडौंबाट गत मंगलवार सिरहा आईपुगेका न्यायधिश अधिकारीले वुधवार दुई नम्बर इजलाश लगाउन गोलाप्रथामा सहभागी भएका थिए । त्यसको सूचना पाएपछि बार एशोसिएसन सिरहाले विरोध गर्दै इजलाश रोक्नुपर्ने भन्दै अदालत प्रशासनलाई आग्रह गरेका थिए । बार एशोसिएसनका पदाधिकारीहरुले न्यायधिश अधिकारीको इजलाश स्थगन गर्न आग्रह गरेपछि अदालत प्रशासनले इजलाश स्थगन गरेको हो ।

नेपाल बार एशोसिएसन सिरहाका अध्यक्ष मदन साहले फैसला र आदेशमा न्यायधिश अधिकारीको अनियमित गतिविधि देखिएपछि इजलाश बहिस्कार सुरु भएको बताएका छन् । बार एशोसिएसनले निर्णय गरी करिब डेढ महिना अघि इजलाश बहिस्कार गरेको भन्दै अध्यक्ष साहले भने,‘उनको कृयाक्लापवाट हामी सन्तुष्ट छैनौं । सरुवाको माग गरी बेञ्च बहिस्कार गरेका छौं । यसमा सर्वोच्चले अझैं निर्णय गरेको छैन् ।’
इजलाश बहिस्कार गरेको बार एशोसिएसनका पदाधिकारी र सिरहा अदालतमा वकालत गर्ने अधिवक्ताहरुको बुधवार आकस्मिक बैठक बस्ने लागेको छ । अगामी आन्दोलनको विषयमा थप निर्णय र सुझाव संकलन गर्न हामीहरुको आकस्मिक बैठक बस्न लागेको अध्यक्ष साहले बताएका छन् ।

यसैवीच जिल्ला अदालतका इजलाश बार एशोसिएसनले २ नम्बर इजलाश बहिस्कार गरेपछि न्यायधिशहरुको आन्तरीक बैठक बसेको छ । २ नम्बर इजलाश बहिस्कार गरेपनि अन्य इजलाश पनि लागेन् । आठवटामध्ये सातवटै इजलाश स्थगित गरी अदालतका न्यायधिशहरुले बारले उठाउँदै आएको सवालका सम्बन्धमा छलफल गरेको छ । जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश भट्टराईले बार एशोसिएसनले २ नम्बर इजलाश रोक्न भनेपनि वुधवार र विहिवार दुई दिनको लागि सवै इजलाश स्थगित गरिएको बताएका छन् । १ सय वढी मुद्दाको पेशी पछिको लागि सारिएको भन्दै श्रेस्तेदार भट्टराईले बारसँग बसेर छलफल गरी समाधान निकाल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!