सिरहा । सिरहा नगरपालिका–८ महिसौथामा विष्णु महायज्ञ मंगलवारदेखि सुरु भएको छ । विष्णु महायज्ञमा बाजागाजासहित नाचगान गर्दै निकालिएको कलश यात्रामा भक्तजनको उत्साहपूर्ण सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले धर्मले समाजमा हुने बिकृती अन्त्य गर्न सहयोग पुग्नुका साथै धार्मिक पर्यटनमा मद्दत पुग्ने बताएका थिए । धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा हुन लागेको महायज्ञमा राशलिला, प्रवचन र रामलिला लगायतका आयोजना हुनुले धार्मिक महत्व राख्ने गरेको बताएका छन् ।

महायज्ञ विश्व शान्तिका लागि आयोजना गरिएको हो । चैत २१ गतेदेखि वैशाख १ गतेसम्म महायज्ञ जारी रह्ने बताएका छन् । स्थानीय समाजसेवि एवं सिरहा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष योगेन्द्र हजरा यादवले समाज अन्धकारमा गएको, नैतिकता हराएको भन्दै महायज्ञबाट नैतिक शिक्षाका साथै धर्म संस्कृतिको रक्षा हुने बताएका छन् ।
त्यस्तै मेला समिति अध्यक्ष बद्रीनारायण यादवले महायज्ञ सफल पार्न सबै लाग्नु पर्ने र सहयोग गर्नुपर्ने बताएका छन् । त्यस्तै धर्ती माता विष्णु कुँवरले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि हुने भएकोले सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि विष्णु महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई रहेको छ । धर्म संस्कारको विकास समेत महायज्ञबाट हुने मेला समिति अध्यक्ष यादवले बताएका छन् ।

कार्यक्रममा चैत २२ देखि बैशाख १ गते सम्म प्रवचन विहान ९ वजे देखि १ वजे, रामलिला विहान ९ वजे देखि राती ८ वजे सम्म, राशलिला राती ९ वजे देखि राती २ वजे सम्म, दंगल कुस्ति बैशाख १ गते देखि ३ गते सम्म आयोजना हुने आयोजले जनाएको छ ।




