काठमाडौं, २१ चैत्र । मधेस प्रदेश सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको छ। मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएपछि सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको हो।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवलाई पुष २७ मा समर्थन गर्दै एमाले सरकारमा गएको थियो।

No photo description available.

एमालेबाट मन्त्रीहरुले आज नै राजीनामा दिँदै सरकारलाई दिएको समर्थनपनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानूनअनुसार ३० दिनभत्र पुन सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ।

सरकारबाट एमाले हटेपछि नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ।

m-u

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय