सिरहा । सिरहाको गोलबजारमा इँटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सिरहाको गोलबजार नगरपालिका–८ मा रहेको सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा वीवीको शुक्रबार बिहान मृत्यु भएको हो ।
ईटाभट्टीबाट पोलेको इँटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका वीवीको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ । घाईतेहरु ३५ वर्षीय बवी वीवी र ४० वर्षीय ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।

शव पोस्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत फागुन २७ गते गोलबजार नगरपालिका–५ स्थित माँ धमिनी ईट्टा उद्योगको पर्खाल भत्किदा उद्योगमा कार्यरते छ जना घाइते भएका थिए । जसमध्ये एक जना जयनाथ सदा गम्भीर घाइते भएका छन् ।
इँटा उद्योगमा कार्यरत मजदुरहरूलाई सामान्य सुरक्षाको व्यवस्था समेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरूको अङ्गभङ्ग हुनुको साथै ज्यानै सम्म जाने गरेको छ । यस प्रति सरकोकारबालाहरुको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय