
सिरहा । सदरमुकाम सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी (सूसमोयाब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

यहाँको स्ववियु निर्वाचनमा नेकपा एमाले विद्यार्थी संगठन, नेपाली कांग्रेस विद्यार्थी संगठन, जनमत विद्यार्थी संगठन र माओवादी विद्यार्थी संगठन एक्ला–एक्लै भिडदैछ भने नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित तिन दलिय विद्यार्थी संगठन तालमेल भएको हो ।
नेकपा एमाले पार्टी निकट अखिल (क्रान्तिकारी)ले सतिस कुमार मण्डललाई सभापतिमा उम्मेदबारी दिएको छ ।
त्यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत संघका तर्फबाट सभापतिमा दिपेन्द्र कुमार यादव, नेपाली कांग्रेस पार्टी निकट नेविसंघको तर्फबाट सभापतिमा नवरत्र साह, माओवादी (केन्द्र) पार्टी निकट अनेरास्ववियु (अखिल) तर्फबाट सभापतिमा धिरज कुमार उम्मेदबार बनेका हुन ।
जसपा निकट समाजवादी विद्यार्थी यूनियन, नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट अनेरास्ववियु र लोसपा निकट विद्यार्थी यूनियन सहित तिन दलिय विद्यार्थी संगठनले गठबन्धन गरेको छ । यी ३ दलको तर्फबाट जकपा निकट समाजवादी विद्यार्थी यूनियनका अमित कुमार यादवले उम्मेदबारी दर्ता गराएका छन् ।
अगामी चैत ५ गते हुने स्ववियु निर्वाचन हुँदैछ । २१ सदस्यीय कार्य समितिका लागि हुने निर्वाचनमा सूसमोयाब क्याम्पसको स्ववियु सभापतिमा ५ जना सभापतिसहित ८४ जनाले उम्मेदवार बनेका छन् ।