सिरहा । सिरहा नगरपालिकामा सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १० नरहैयामा शुक्रबार सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

सिरहा नगरपालिकाका नगर प्रमुख डा नविन कुमार यादव र प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् मधेस प्रदेश कार्यालय, जनकपुरधामका निर्देशक नागेन्द्र प्रसाद साहले संयुक्त रुपमा नरहैयामा २५ लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन । समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको नगर प्रमुख डा यादवले जानकारी दिएकाछन् ।

नगर प्रमुख डा यादवले सामुदायिक भवन बनेपछि त्यस बस्तिमा सभा समारोह, शुभकार्य, भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने बताए ।
शिलान्यास कार्यक्रममा सिरहा नगरपालिका नगर प्रमुख डा नविन कुमार यादव, उपप्रमुख बबिता कुमारी साह, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् मधेस प्रदेश कार्यालय, जनकपुरधामका निर्देशक नागेन्द्र प्रसाद साह, वडा नम्बर १० का वडा सदस्य, महिला वडा सदस्य, दलित सदस्य लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय