सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–२ मा रहेको जनता माध्यमिक विद्यालय राजपुरका प्रधानाध्यापक शत्रुधन यादवमाथि कुटपिटको विरोधमा पालिकाभरीका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
विद्यालय समयमै प्रध्यनाध्यापक यादवमाथि सोही विद्यालयका शिक्षकहरु कुटपिट गरेको तथ्य बाहिरिएको छ । विद्यालयका शिक्षक र कर्मचारीले कुटपीट गरेको विरोधमा पाँच दिनसम्म विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । विद्यालय सञ्चालनको समयमा भएको विवादका क्रममा विद्यालयका कर्मचारी लेखापाल सरोज कुमार यादव र स्वयम्सेवक शिक्षक नरेश कुमार यादवले प्रध्यनाध्यापक यादवमाथि हातपात तथा दुरव्र्यवहार गरेको विषयको विरोधमा विष्णुपुर गाउँपालिका भरीका सवै सामुदायिक विद्यालयहरु फागुन ८ गतेसम्मका लागि बन्द गर्ने घोषणा गरिएको छ ।

कुटपिटको शिकार बनेपछि गाउँपालिका कार्यालय पुगेका प्रधानाध्यापक यादवलाई सरोज कुमार यादव, उनका दाई डाक्टर राकेश कुमार यादव र नरेश कुमार यादवले थप दुव्र्यवहार र कुटपीट गरेको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले प्रधानाध्यापक यादवलाई दुव्र्यवहार र कुटपीट गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने र जीउज्यानको सुरक्षाको माँग गर्दै ८ गतेसम्म विद्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ ।
लेखापाल यादवसँग रहेको चेकबुक मागेको निहुँमा सरोजसँग विवाद भएको प्रधानाध्यापक यादवले बताएका छन् । ‘मैले अन्य शिक्षक कर्मचारीकै विचमै चेकबुक माँग्दा उनले हात बटारेर दुव्र्यवहार र कुटपीट गर्यो,’ प्रध्यनाध्यापक यादवले भने,‘घटनाको जानकारी गराउन पालिका कार्यालय पुग्दा त्यहाँ पनि दुरव्र्यवहार भयो ।’
घटनाको जानकारी गराउन गाउँपालिका कार्यालय पुगेर अध्यक्षलाई जानकारी गराएर निस्कने क्रममा पालिका कार्यालयको अगाडी नै फेरी आफूमाथि कुटपीट भएको प्रअ यादवले बताएका छन् । प्रधानाध्यापक यादवमाथि बुधबार कुटपीट भएको हो ।

विष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नरायण यादवले शिक्षक र गाउँपालिकाको एउटा टिम बनाएर घटनाको छनविन गर्ने र दोषी माथि कार्वाही गर्न समिति गठन गर्ने बताएका छन् । ‘मैले शिक्षकहरुलाई शिक्षक र गाउँपालिका कर्मचारीसहित ५ जनाको छानविन समिति बनाएर घटनाको छानविन गरौं,’ उनले भने,‘दोषी ठहरेकालाई कार्वाही गछौं, भनेको थिएँ । शिक्षकहरु अगाडी बढ्नुभयो । गाउँपालिकाले पनि घटनाको छानविनगरी कार्वाही गर्छ ।’
शिक्षक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा घटनाबारे जानकारी गराएको छ । गाउँपालिकामा जम्मा चारवटा माध्यमिक विद्यालय र १० वटा आधारभुत सहित १४ विद्यालय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय