राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा नियम उल्लंघन गरेको भन्दै ट्रमा सेन्टरका डाक्टरमाथि लाठी चार्च गर्ने प्रहरी हवल्दारमाथि कारबाही भएको छ ।
शुक्रबार राष्ट्रपति भणडरी संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वर आउँदै गर्दा ट्राफिक रोकिएको थियो । सो क्रममा ट्र्रमाका डाक्टरमाथि प्रहरीले लाठी चार्ज थरेको थियो ।

प्रहरी प्रधान कार्यालयले हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको जनाएको छ । गुरुङले ट्रमाका डाक्टर जनिथलाल सिंहमाथि लाठी चार्ज गरेका थिए । प्रहरीले डाक्टरमाथि लाठी चार्ज गरेकोमा सवत्र विरोध भएको थियो ।



