#सिरहा

सिरहा । सिरहामा चालूू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म पुँजीगत बजेट न्यून खर्च अत्यन्त कमजोर देखिएको छ । सिरहा जिल्लामा संघीय कार्यालयतर्फ ३५ कार्यालय, ४ निर्वाचन क्षेत्र कार्यालय र १७ पालिका रहेको छ । त्यसमा हालसम्म कुल पुँजीगत बजेटको १०.८८ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाले जनाएको छ ।
उक्त कार्यालयका अनुसार चालु वर्षको ६ महिनासम्म खर्चको बजेटमध्ये आधा जति पुसमा मात्र भुक्तानी भएको छ । जिल्लामा चालूू आर्थिक वर्षमा ६ अर्ब ७७ करोड ५६ लाख ८६ हजार पुँजीगत बजेट रहेको छ । पुस मसान्तसम्मको अवधिमा ७३ करोड ७७ लाख ७४ हजार बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक ध्यान कुमार राईले बताएका छन् ।
त्यस्तै चालूू बजेटतर्फ ११ अर्ब ४६ करोड ६६ लाख ७२ हजार बजेट प्राप्त भएको छ । जसमध्ये पुस मसान्तसम्म ४५ प्रतिशत अर्थात ५ अर्ब १८ करोड ४७ लाख ३६ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयले जनाएको छ ।

जिल्लामा सवैभन्दा वढी सडक डिभिजन कार्यालय लहानको पुँजीगततर्फ २ अर्ब १९ करोड ५४ लाख ० हजार बजेट प्राप्त गरेकोमा ३९ करोड ३२ लाख ४६ हजार ७ सय ४५ रुपैया खर्च भएको हो । त्यस्तै चालु तर्फ एक करोड ९६ लाख ३० हजार ३९३ बजेट प्राप्त भएकोमा एक करोड ३४ लाख ७१ हजार ६२० रुपैया खर्च भएको हो । यस्तै कन्चनपुर–कमला सडक योजना (पश्चिम खण्ड), सिरहाको पुँजीगत तर्फ ४ अर्ब १६ करोड ९९ लाख ७ हजार बजेट प्राप्त भएकोमा २५ करोड ८९ लाख ७१ हजार १२४ रुपैया खर्च भएको हो । त्यस्तै चालु तर्फ ७१ लाख ९ हजार बजेट प्राप्त भएकोमा ३० लाख ७६ हजार ७२६ रुपैया खर्च गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!