काठमाडौं । स्नातक तह चौथो वर्षका विद्यार्थीले आज पनि वार्षिक परीक्षा तालिका संशोधनको माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विरोध प्रदर्शन गरेका छन्।

त्रिविले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको भन्दै परीक्षा तालिका संशोधन नगरेसम्म आन्दोलन कायम राख्ने उनीहरूको अडान छ।

उनीहरूले यसअघि पनि त्रिविमा आन्दोलन गरेका थिए। त्रिविले २०७९ सालमा सञ्चालन हुने चारवर्षे स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाका लागि पुस २९ गतेदेखि २०७९ साल माघ २९ गतेसम्म नियमित दस्तुरसहित आवेदन फारम भरेर बुझाउन आग्रह गरेको थियो।

यसैगरी साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भरी बुझाउन त्रिविले आग्रह गरेको छ। एक हप्ता थप हुँदा फारम भर्ने समय सीमा फागुन ७ गतेसम्म पुग्छ।

त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यी संकायका वार्षिक परीक्षा फागुन १० गतेदेखि शुरु हुनेछ। यही कारण फारम भर्ने समय ७ गतेसम्म रहेको र यो मितिले ३५ दिन पछिबाट परीक्षा सञ्चालनको तालिका सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ तर त्रिवि भने उनीहरूकाे मागप्रति माैन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय