
सिरहा । प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले पुस्तकालय संचालन संबद्र्धन र विकासमा नेपाल सरकारको कुनै पनि तहको सरकारसँग ठोस नीति नियम नरहेकोले यो उदासिनता विरुद्ध मधेस प्रदेश सदनमा आफूले जोडदार आवाज उठाउने बताएका छन् ।
‘व्यवहारिक सामुदायिक समाधान’ कार्यक्रम अन्तर्गत कार्यक्रमको पुनरावलोकन तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै मधेश प्रदेश भित्र सृजना सामुदायिक पुस्तकालय पूरानोमध्येको एक पुस्तकालय रहेको र वि.स. २०३२ साल देखि अनवरत रुपमा संचालनमा रहेको नमुना पुस्तकालय भएको बताएका छन् । यसलाई अनुसन्धान केन्द्र बनाउनु पर्ने कुरामा उनले जोड दिएका छन् ।
कार्यक्रममा सहभागी मधेश प्रदेश सभा सदस्य ललिता दासले सरकारले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रको प्रगतीमा विशेष ध्यान दिएमा मात्र समग्र देशको विकास हुने कुरामा जोड दिएकी छिन् । पुस्तकालय पनि शिक्षा क्षेत्रसँग सम्बन्धित रहेको र पुस्तकालयलाई भविष्यमा हरेक किसिमको साथ र सहयोगको लागी आफु प्रतिबद्ध भएर लाग्ने बताएकी छिन् ।
लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले सामुदायिक पुस्तकालयहरुको नारा एक पालिका एक पुस्तकालय हुनु पर्ने कुरामा समर्थन गर्दै लहान नगरपालिकातर्पm बाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । पुस्तकालयले युवा, महिला, बालबालिका मैत्री रही समाज सुधारका कार्यहरु गर्दै आएकोमा आगामी दिनहरुमा अझ राम्रो गर्न सुझाव दिएका छन् ।

कार्यक्रम पुस्तकालय संचालक समितिका अध्यक्ष खड्ग नारायण चौधरको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सभा सदस्य चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो भने विशिष्ठ अतिथीमा प्रदेश सभा सदस्य दास र लहान नगरपालिकाका उपप्रमुख महतो रहेको थियो । त्यस्तै अतिथीहरुमा घरेलु तथा साना उद्योग लहानका प्रमुख दिपेन्द्र यादव, लहान नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरी, वडा नं १४ का वडा अध्यक्ष धनीलाल यादव, वडा नं १२ का वडा सदस्य राजेन्द्र प्रसाद चौधरी लगायत बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।