सिरहा । सिरहाको विभिन्न स्थानबाट अबैध लागूऔषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार सिरहाको नवराजपुर गाउँपालिका वडा नं. २ मझौरा टोल स्थित ओम प्रकाश यादवले आफ्नो घरबाट अवैध लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाँझपट्टीबाट खटिएको प्रहरी टोलीले कानुन बमोजिम निजको घर खानतलासी गर्दा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्राम, लागूऔषध तौल गर्ने डिजिटल मेसिन एक थान, मोबाईल थान–८, मोटरसाईकल ४ थान र नगद ४ हजार ८ सय ८५ रुपैया सहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका वडा नं. २ मझौरा टोल बस्ने २३ वर्षीय ओम प्रकाश यादव, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका वडा न. १२ बस्ने ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका वडा नं. १ बस्ने १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका वडा नं. १२ अर्नाह बस्ने २३ वर्षीय रमेश पासमान र २२ वर्षीय सुरेश कुमार पासमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका ९ जनालाई सिरहा जिल्ला अदालत, सिरहाबाट लागूऔषध मुद्धामा दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट थप अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिबार ईलाका प्रहरी गोलबजारबाट प्रहरी निरिक्षक राजु के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ६ गोलचोक स्थित वडा नं. १२ बेतौना हरीपुर बस्ने बौवलाल सिंहको छोरा २७ वर्षीय सुमित कुमार सिंहलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट सानो–सानो सेतो प्लाष्टिकको पोका थान–२ र कालो प्लाष्टिसकको पोका थान–१ गरी जम्मा ३ पोका अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो तौल गर्दा प्लाष्टिक सहित १ ग्राम ४०० मिली ग्राम र प्लाष्टिक बाहेक १ ग्राम १०० मिली ग्राम, मोवाईल १ थान र नेपाली नक्कली नोट एक हजारको थान–२ समेत पक्राउ गरिएको हो ।
पक्राउ गरेका सुमितलाई सिरहा जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्धामा म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय