सिरहा । सवारी चालक अनुमतिपत्र, ब्लूबुक नविकरण लगायतका कामले यातायात व्यवस्था कार्यालय लहानमा पुग्ने गरेका सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले ४ जना पक्राउ परेको छ ।

यातायात व्यवस्था कार्यालय लहानमा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनि बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने जस्ता गतिवधिमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नं. ७ बस्ने ३३ वर्षीय नन्दन खेताङ्ग, नवराजपुर गाउँपालिका वडा नं. १ बस्ने ४१ वर्षीय विष्णुदेव यादव, सप्तरीको खडक नगरपालिक वडा नं. ३ बस्ने ४२ वर्षीय जिवछ ठाकुर र ३२ वर्षीय अनिल कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुले सेवाग्राहीलाई हैरानी बनाएको विषयमा प्रहरीमा पटक–पटक जनगुनासो प्राप्त भएपछि तत्काल ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चार जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरूले लहान नगरपालिका वडा नं. ८ स्थित रहेको यातायात व्यवस्था कार्यालय लहानको कार्यालय परिसरमा अनधिकृत रूपमा भेला भई कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको प्रहरीको भनाई छ । पक्राउ परेका चारै जनालाई सिरहा जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा ७ (सात) दिनको म्याद गरी ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!