
सिरहा । अख्तियार दुरुपायोग अनुसंधान आयोगको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले पुस्तकालयमा पाठक जोड्न विशेष ध्यान दिन सुझाव दिएका छन् ।
अख्तियार बर्दिबास कार्यालय प्रमुख अधिकारीले वुधवार विहान सिरहा पुस्तकालयको भ्रमण गर्दै समय सापेक्ष अनुसार पाठकवर्गलाई जोड्न सकिने गरी काम गर्नुपर्ने बताएका छन् । देशकै पूरानोमध्येको सिरहा पुस्तकालय पनि रहेकोले पाठकलाई जोडदै ज्ञान आर्जनमा भूमिका खेल्नमा जोड दिनुपर्ने बताएका छन् । अख्यितार दुरुपयोग अनुसंधान आयोगबाट प्रकाशित हुने प्रतिवेदनहरु सिरहा पुस्तकालयलाई उपलब्ध गराउने भन्दै सूचनाको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका छन् ।
सिरहा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार कामतिले पुस्तकालयमा गर्न खोजिएको परिवर्तनको वारेमा संक्षिप्त जानकारी गराएका थिए । सिरहा पुस्तकालयका उपाध्यक्ष भोगेन्द्र साह, कोषाध्यक्ष हितेन्द्र गोहिवार, पूर्व अध्यक्ष ओम प्रकाश साह, व्यवासी महेन्द्र प्रसाद यादव, सोनु महरा र नागरिक अगुवा रामकिशोर यादव लगायतको उपस्थिती रहेको थियो ।

यस्तै शिक्षा विकास निर्देशनालयका वरिष्ठ अधिकृत किशोरी कापरले पनि सिरहा पुस्तकालयको वुधवार भ्रमण गरेका छन् । मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको शिक्षा विकास मन्त्रालयका वरिष्ठ अधिकृत कापरले मधेश प्रदेशमै व्यवस्थित पुस्तकालयको रुपमा आफूलाई लागेका बताएका थिए । उनले महिला, अपाङता भएका व्यक्ति, बालबालिका लगायतलाई जोड्न विशेष योजनाका साथ पुस्तकालयलाई केन्द्र बनाएर अध्ययन केन्द्रमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।