मेयर डा नविन कुमार यादवशंकर रंगशालासिरहा नगरपालिका

सिरहा । सिरहा खेलकुदमा निकै चर्चा कमाएको जिल्ला हो । विगतमा सिरहाबाट मुख्यगरी फुटबल, क्रिकेट र भलिवलले चर्चा बटुलेको थियो । यी खेलका राष्ट्रिय स्तरका खेलाडीहरुले गर्दा सिरहा जिल्लाको खेलकुदमा अलग्गै पहिचान रहेको थियो । जसलाई पछिल्लो समय कायम राख्न सकिएको छैन् ।
सिरहा जिल्लामा केही युवाहरुको सक्रियतामा खेलकुदले विस्तारै जुर्मुराउने गरेको देखिन्छ । यसलाई जोडबल दिन सिरहामा खेल मैदानको अभाव रहेको छ । खेलकुदको निम्ति पूर्वाधार निर्माण जरुरी हुन्छ । जिल्लामा एकसे एक खेल मैदान भएपनि त्यसको निर्माणले पूर्णता पाउन नसक्दा जिल्लामा खेलकुदमा छलाङ मार्न सकिएको छैन् । यस विचमा सिरहा नगरपालिकाले शंकर रंगशाला निर्माण गर्ने गरी डिपिआर(डिटेल्स प्रोजेक्ट रिर्पोट) बनाएको छ ।

सिरहा नगरपालिकाका इन्जिनियर प्रविण यादव अनुसार सिरहा नगरपालिका वडा नम्बर ३ मा रहेका शंकर रंगालाशाको डिपिआर बनिसकेको छ । डिपिआर बनेपछि रंगशाला बन्ने आधार तयार भएको छ । निर्माण गरिएको डिपिआरमा मुख्य प्रवेशद्वार, सुरक्षा चेकजाँच, टिकट काउन्टर, दुईपाङे र चारपाङ्े सवारीसाधान पार्किङ, भिआईपी सवारीसाधान पार्किङ, प्रशासनिक भवन, सार्वजनिक सौचालय लगायत रह्ने छ ।
यस्तै ब्याडमिन्टन कोर्ट, फुटबल प्ले ग्राउण्ड, सिटिङ प्यारापिट, एथलेटिक्स ट्रयाक, गार्डेन, फलड् लाईट लगायतका पूर्वाधार निर्माणको कार्य डिपिआरमा समेटिएको छ । रंगशाला निर्माण गर्न तयार गरिएको डिपिआर अनुसार १८ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

राम्रो रंशगाला गर्न अझैं बजेट थप्नुपर्छ : खेलाडीहरु
सिरहामा एउटा स्तरीय रंगशालाको आवश्यकता महसुस गरेका खेलाडीहरुले जुनसुकै मौसममा खेलकुद गर्न मिल्ने खालको स्टेडियम निर्माण हुनुपर्ने जनाएका छन् । क्रिकेट, फुटबल, भलिवल, एथलेटिक्स जस्ता विभिन्न खेलकुद आयोजना गर्न मिल्ने स्टेडियम बन्नुपर्ने सिरहा जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका पूर्व खेलाडी अरुण साहले बताएका छन् ।
सिरहा क्रिकेट संघका उपाध्यक्ष विकल विष्टले जिल्लमा राम्रो स्टेडियमको आवश्यकता भएको र शंकर रंगशाला उपर्युक्त रहेको बताएका छन् । शंकर रंगशालालाई क्रिकेट, फुटबल लगायतका खेलहरु खेल्ने गरी बनाउनु पर्ने भन्दै उनले राम्रो र आकर्षक स्टेडियम बनाउन सकिए ठूलाठूला प्रतियोगिता आयोजना गर्न मिल्ने बताए ।

बजेट व्यवस्थापनमा जुटेको छु : मेयर डा यादव
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले आफ्नो सपना पनि एउटा राम्रो र आकर्षक स्टेडियम सिरहामा हुनुपर्ने भन्दै अहिले बनेको डिपिआरलाई थप परिमार्जन गरी अगाडी निर्माण अगाडी बढाउन पहल गर्ने बताएका छन् । सिरहामा खेलकुदको विकास हुनु अति आवश्यक भएको भन्दै मेयर डा यादवले राम्रो रंगशाला निर्माण गर्न गर्न आवश्यक बजेट व्यवस्थापनमा जुटेको बताएका छन् । अहिलेलाई डिपिआर अनुसारको बजेटको सुनिश्चिततामा लागेको छु,’मेयर डा यादवले भने,‘बजेट सुनिश्चित भएसँगै थप परिमार्जन सहित रंगशाला निर्माण अगाडी बढाईने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!