सिरहा । कुनै पनि संस्थाको उदेश्य हुनुपर्छ अनि मात्रै त्यो संस्था सफल हुन सक्छ सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताएकाछन् ।
नेपाल रेडक्रस सोसाइटी सिरहा जिल्ला शाखा, सिरहाको ३१ औं जिल्ला सभाको अधिवेशनको खुल्ला सत्रमा संस्थाले राम्रो काम गरेकोले जनताले उच्च सम्मानले हेरिरहेको भन्दै संस्थाका पूर्व पदाधिकारीहरुलाई समेत धन्यवाद दिए । त्यससंगै नयाँ निर्वाचित हुने पदाधिकारीहरुले अझ माथि पुर्याउने गरि काम गर्नुपर्ने उनले शुभकामना दिए । कुनै पनि संस्थामा तिन वटा तत्वहरु मिलेर बनेको भन्दै प्रजिअ कवारीले संस्थाको पहिलो उदेश्य हुनुपर्छ, उदेश्य संगै गासिएर आउने भनेको लक्ष्य र कार्यक्रमहरु हुन्छ र त्यसपछि जनशक्ति र त्यसपछि कार्यप्रक्रिया जुन कार्यक्रम संचालनको भूमिका हुन्छ यी सबैको सहयोगबाट मात्रै कुनै संस्था सफल हुन सक्ने बताए ।

यस्तै सिरहा रेडक्रस सोसाइटी सिरहाका सभापति : राजदेव यादव
आफु नेपाल रेडक्रस सोसाइर्टी सिरहाको सभापति २०५८ साल देखि हाल सम्म रहदा कही कहिल्यै कुनै विवाद नभएको साथै सबै शाखामा सर्वसम्मत उपशाखाहरुको छनौट हुने गरेको बताए । यहाँ सम्म पुग्नुमा सबै उपशाखामा आबद्ध रेडक्रसकर्मीहरुको सहयोगले यहाँ सम्म पुगेको र अगामी दिनमा पनि यसै गरी सहयोग गरे अझ राम्रो गर्ने समेत बताए ।
रेडक्रसकर्मीहरु भगवानभन्दा पनि माथि उठेको व्यक्ति हो । किनकी दैवि विपत अर्थात भूकम्प, बाढी लगायको विपत भएपछि रेडक्रसकर्मीहरु गएर उधार तथा सेवामा काम गर्छ ।
त्यस अवसरमा सिरहा जिल्लामा राम्रो काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन सिरहका प्रमुख लालबाबु कवारी, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव, श्री बहादुर शेर गण चोहर्वाका प्रमुख सेनानी सुमन थापा र नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति बिनोद कुमार बस्नेतलाई चादर, सम्मानपत्र सहित सम्मान गरिएको छ ।
३१ औं जिल्ला सभाको अधिवेशनमा वार्षिक प्रतिवेदन नेपाल रेडक्रस सोसाइटी सिरहाका मन्त्री राजदेव ठाकुरले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन उपकोषाध्यक्ष सन्तोष कुमार अग्रवालले तयार पारेको तर घरयासी कारणले उपस्थित हुन नसकेकोमा उपसभापतिले प्रस्तुुत गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवको सभापतित्वमा भएको ३१ औं जिल्ला सभाको अधिवेशनको खुल्ला सत्रको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, विशिष्ठ अतिथी उदयपुर शाखाका सभापति बिनोद कुमार बस्नेत तथा अतिथीहरु स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव, श्री बहादुर शेर गण चोहर्वाका प्रमुख सेनानी सुमन थापा लगायत विभिन्न उपशाखाका पदाधिकारीहरु लगायत विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधी, संचारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय