सिरहा । मधेश प्रदेशका पूर्वकानूनमन्त्री एव वर्तमान प्रदेश सभा सदस्य प्रमोद कुमार यादवले सिरहा पुस्तालय विकासमा आफू निरन्तर सहयोग गरिरह्ने बताएका छन् ।
सिरहा पुस्तकालयले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले भौतिक संरचनाको निर्माणसँगै सिरहाको विकासको निम्ति पुस्तकालयले प्रभावकारी भूमिका खेल्न सकोस् भनी शुभकामना दिएका छन् । नव निर्वाचित पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिदै उनले सवैको सहकार्यसाथ अगाडी बढ्न सुझाव दिएका छन् ।

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सिरहा पुस्तकालयले पठन संस्कृतिको विकासमा जोड दिनु पर्ने बताएका छन् । समय सापेक्ष अनुसार सिरहा पुस्तकालयलाई गति दिदै अगाडी बढाउनु पर्दै भन्दै प्रजिअ कवारीले सिरहा पुस्तकालय यस क्षेत्रको शैक्षिक उन्यनमा महत्वपूर्ण हुने बताएका छन् ।
त्यस अवसरमा सिरहा पुस्तकालयका निर्वमान अध्यक्ष अरुण कुमार पासमान, सूर्यनारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसका प्रमुख रामहित यादव, निर्वतमान सदस्य शम्भू साह लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा निर्वमान कार्य समितिका अध्यक्ष अरुण कुमार पासमान, सदस्य शम्भू साह, चन्देश्वर प्रसाद यादव, सरीता महतो लगायतलाई चादर ओढार विदाई गरिएको थियो । यस्तै नवनिर्वाचित व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार कामति, उपाध्यक्ष भोगेन्द्र साह, कोषाध्यक्ष हितेन्द्र गोहिवारलाई स्वागत गरिएको छ ।
यसै अवसरमा पूर्व अध्यक्षहरु प्रमोद पोद्दार, ओम प्रकाश साह, वरिष्ठ अधिवक्ता जयकुमार गोईत लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई गम्छा आढाएर सम्मान गरिएको थियो । त्यसैगरी सिरहा पुस्तकालयको पूर्वाधार निर्माणमा सहयोग पुयाएका पूर्वमन्त्री यादवसँगै सञ्चार क्षेत्रबाट योगदान दिएका अपन दैनिक पत्रिका प्रकाशक सम्पादक शुभनारायण कामती, सूचना अभियन्ता परशुराम साह लगायत चादर, सम्मानपत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा युवा उद्यमी जितेश कर्ण, युवा नेता अरविन्द यादव, सलहेश युवा कल्वका अध्यक्ष राजिप यादव, पत्रकारहरु बैद्यनाथ यादव, बद्री नारायण यादव, नरेश चन्द्र बरबरीया, दीप फाउन्डेशनका कोषाध्यक्ष अरुण कुमार गुर्मैता लगायत सहभागी थिए ।
कार्यक्रमको अध्यक्षता पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार कामतिले गरेका थिए भने कार्यक्रम संचालन उपाध्यक्ष भोगेन्द्र साहले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय