सिरहा । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सिरहा पुस्तकालयमा सूचना केन्द्र स्थापना गर्न सघाउने बताएका छन् ।
सिरहा पुस्तकालयको भ्रमण गर्दै अध्यक्ष बस्नेत नेतृत्वको प्रेस काउन्सीलको सदस्यहरुले ऐतिहासिक पुस्तकालय भएकोले प्रेस काउन्सीले सहयोग गर्न पाउनु आफैंमा महत्वपूर्ण भएको बताएका छन् । सिरहा पुस्तकालयमा पाठकलाई जोड्न व्यवस्थापन समितिले विशेष जोड दिनुपर्ने सुुझाव दिदै अध्यक्ष बस्नेतले सूचना केन्द्र स्थापना, विभिन्न पुस्तकाहरु र प्रकाशनहरु सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

काउन्सील अध्यक्ष बस्नेतसँगै सदस्य रामप्रसाद दाहाल लगायत सहभागी भएका थिए । सिरहा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार कामति, कोषाध्यक्ष हितेन्द्र गोहिवार, निर्वतमान अध्यक्ष अरुण कुमार पासमान, प्राध्यापक चन्देश्वर प्रसाद यादव, युवा उद्यमी जितेश कर्ण, सोनु महरा लगायतले सहभागी भएका थिए । अध्यक्ष कामती र निर्वतमान अध्यक्ष पासमानले सिरहा पुस्तकालयको विषयमा जानकारी दिएका थिए भने अगामी दिनमा सहकार्य गर्न आतुुर रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय