सिरहा । सिरहामा चामलको तस्करी बढेको छ । सीमावर्ती बजारबाट सिरहा सदरमुकाममा चामल प्याकेट तस्करी हुँदै आएको छ । स्थानीय स्तरमा प्रहरीकै संलग्नतामा सिरहामा चामल तस्करी फस्टाएको छ ।
चामल तस्करहरुले सिरहा बजारमा रहेको व्यवसायीलाई चामल तस्करी गरी पुर्याउने गरेका छन् । सिरहाको सीमावर्ती भारतीय बजारबाट साईकल, मोटरसाईकलमा चामलको प्याकेट बोकेर सिरहा बजारमा पुर्याउँदै आएका छन् । चामल तस्करी गर्नेहरु मोटरसाईकलमा आठ वटा र साईकलमा चारवटा प्याकेट (२५किलोको एउटा प्याकेट) एक पटकमा तस्करी गर्दै आएका छन् ।

स्थानीय प्रहरीसँगको मिलोमतोमा चामल तस्करहरु सिरहामा सक्रिय भएका छन् । भारतबाट तस्करी गरी ल्याएका चामल सिरहामा भण्डार हुने गरेको छ । दिनभरी र रातीपनि चामल तस्करी गरी सिरहामा भण्डार गर्ने र यहाँबाट अन्यत्र ठूला मालबाहक गाडी, ट्रकमा राखेर लग्ने गरेको छ । संस्थागत रुपमा भईरहेको चामल तस्करी रोक्न सिरहा प्रहरीले मौनता साँधेको छ । सिरहा प्रहरीको संलग्नताले नै सिरहामा दैनिक रुपमा चामलको ठूलो मात्रामा तस्करी भईरहेको छ । चामल तस्करी भईरहँदा सिरहाको माडर भन्सारको राजश्व असुली पनि खस्किएको छ ।
माडर भन्सार कार्यालय अनुसार सिरहामा भन्सारमा राजश्व तिरेर चामल आउने गरेको तथ्यांक नै छैन् । भन्सार कार्यालयले चामलमा १० प्रतिशत राजश्व लिने भएपनि चामलको भन्सार अझसम्म व्यवसायीक रुपमा नकाटिएको जनाएको छ ।

सिरहाका तस्करी फस्टाएकोले चालू आर्थिक वर्षमा लक्ष्यको १० प्रतिशत राजश्व मात्र असुली भएको छ । १९ करोड ९५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकोमा माडर भन्सार कार्यालयले लक्ष्यको १० प्रतिशत अर्थात १ करोड ९८ लाख ९५ हजार रुपैयाँ मात्र असुली गरेको छ । राजश्व असुली घट्नुमा सिरहामा संस्थागत रुपमै भईरहेको तस्करी मुख्य कारण रहेको जानकारहरु बताउँछन् । तस्करीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीको पनि मिलोमतो रहेको छ ।
साईकल, मोटरसाईकलमा दैनिक दशौं पटक चामल तस्करी भईरहँदा प्रहरी, प्रशासन र भन्सार कर्मचारीले त्यसलाई अनदेखा गरेको छ । यसले चामल तस्करीसँगे अन्य समानको तस्करीमा पनि यी तीनै सरकारी निकायको संलग्नता रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय