सिरहा । सिरहा नगरपालिका स्वास्थय शाखा प्रमुखको विरुद्ध स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुले ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिरहा नगरपालिकाको स्वास्थ्य शाखामा समायोजन पदस्थापना भई स्वास्थ्य सेवा, हे.ई. समूह, अधिकृत सातौ तह १ जना, स्वास्थ्य सेवा, हे.ई. समूह, अधिकृत छैठौं तह २ जना र स्वास्थ्य सेवा/क.न./ज.न. समूह, अधिकृत छैठौं तह १ जना गरि जम्मा ४ (चार) जना कर्मचारीहरु सिरहा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत रहेको व्यहोरा छ ।

स्वास्थ्य तथा जनमाख्या मन्त्रालय, रामशाहपथ काठमाडौंद्वारा जारी गरिएको नगरपालिका गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुले गर्नुपर्ने काम, कर्तव्य र अधिकार (TOR) बमोजिम खोप कार्यक्रम, पोषण कार्यक्रम, सि.बि.आई. एम. एन.सि. आई. कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम र क्षयरोग तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम लगायत स्वास्थ्य सँग सम्बन्धित अन्य थप कार्यक्रमहरूको बाँडफाँड गरि स्वास्थ्य शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यजिम्मेवारी दिई नियमित तथा सौहाद्रपूर्ण बातावरणमा कार्यसञ्चालन गर्नुपर्ने अवस्था र व्यवस्था रहेको छ ।

यद्यपी, विद्यमान व्यवस्थालाई नजर अन्दाज गर्दै सिरहा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अन्य कर्मचारीहरुको नैसर्गिक हक अधिकारलाई समेत लत्याउँदै निरंकुश प्रवृति र राणाकालिन विचारबाट अभिप्रेरित भई हाल स्वास्थ्य शाखा प्रमुखको हैसियतमा कार्यरत रहेको मो इदरिश राईनले “मै लाउँ र मै खाउँ” भन्ने शिद्धान्तलाई अवलम्बन गर्दै अन्य सहकर्मी कर्मचारी साथीहरुको सहयोग र सल्लाह बिना एकलौटी सबै कार्यक्रमहरु आफु स्वयंले ने सञ्चालन गर्दैआइरहेको भन्दै सिरहा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अ.हे.व. अधिकृत छैठौं बिन्देश्वर यादव, पवन कुमार यादव र सि.अ.न.मी. निरीक्षक छैठौं उषा कुमारी यादव गरी तीन जना कर्मचारीहरुले सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको सि.अ.हे.व. अधिकृत छैठौं बिन्देश्वर यादवले बताएकाछन् ।
साथै ध्यानाकर्षण पत्रको अवगतार्थ सिरहा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख समेतलाई पठाइएको छ भने प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालय सिरहाका प्रमुख समेतलाई बोधार्थ गरी पठाइएको सि.अ.हे.व. अधिकृत छैठौं बिन्देश्वर यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय