ट्राफिक प्रहरीले मासिक असुली गर्दा बालबालिका जोखिममा यात्रा गर्दै

सिरहा । सिरहा जिल्लामा मापदण्ड विपरीत नीजि विद्यालयहरुले बालबालिकालाई स्कूल बसमा ओसारपोसार गर्ने गरेको पाईएको छ ।
जिल्लाको सदरमुकामदेखि लहान, गोलबजार, मिर्चैया लगायतका क्षेत्रमा रहेका दर्जनौ संस्थागत विद्यालयहरुले बसहरुमा भएको क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । त्यसरी बालबालिकालाई असुरक्षित हिसाबले बोक्दा र ओसारपोसार गर्दा ठाउँठाउँमा भरहेको ट्राफिक प्रहरी मौनता साँधेर रकम असुलीमा जुटेको छ ।
सिरहा जिल्लका अधिकांस निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा २ गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ । सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुन्छ तर स्कुलबसहरुले ८०–९० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् । भने कतिपय विद्यालयहरुले सामान ओसार पसार गर्ने गाडी समेत विद्यार्थीहरुलाई बोक्ने गरेको छ ।
अभिभावकहरुसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा चर्को शुल्क उठाउदै आएको नीजि विद्यालयहरुले विद्यार्थीहलाई भने त्यस अनुरुपको सेवा दिएको छैन । केहि स्कुल बसमा विद्यार्थीहरुलाई भेडाबाख्रा जसरी बोक्ने गरिएको छ ।

बसमा उभिनु पर्ने बाध्यता रहेको छ । बस्ने ठाँउ नहुने गरि विद्यार्थी बोक्ने गरेका छन् । क्षमता भन्दा बढी विद्यार्थी बोकेर बस आफ्नो गन्तव्यमा पुग्न कुनै बाँधा अडचनको सामना गर्नु परेको छैन् । क्षमताभन्दा र नियमभन्दा विपरीत कार्य गरेपनि सिरहा ट्राफिक प्रहरीको मिलोमतोमा सवै भईरहेको जानकारहरु बताउँछन् ।
सदरमुकाम सिरहा र मिर्चैयामा संचालित अधिकांस संस्थागत विद्यालयहरुको स्कुल बसले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । भने स्कुल बस निर्देशिका विपरीत संचालन भईरहदा पनि ट्राफिक प्रहरी मौनता साधेको छ । स्कुल बसमा एउटै सिटमा ४ जना विद्यार्थीसम्म राख्ने गरिएको छ । सामान ओसार पोसार गर्ने गाडीमा विद्यार्थी बोकेको छ । स्कुल बस निर्देशिका विपरीत स्कुल बस संचालन भएपनि ट्राफिक प्रहरी सिरहा मौन भएर बसीरहनुमा आर्थिक प्रलोभन नै मुख्य कारण भएको स्रोतको भनाई छ । ट्राफिक प्रहरीले संस्थागत विद्यालयहरु सित आर्थिक लेनदेन गरी यसरी स्कुल बस निर्देशिका २०७४ विपरीत संचालन गर्न दिएको समाजसेवी शम्भु साहले बताएका छन् ।

निर्देशिकाले के भन्छ ?
स्कूल बस निर्देशिका, २०७४ मा शिक्षण संस्थाहरुले विद्यार्थीहरु ओसारपोसार गर्ने उदेश्यले संचालनमा ल्याएका सवारी साधनहरुले दिने यातायात सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उदेश्य रहेको जनाएको छ ।
निर्देशिकाले स्कूल बसको मापदण्ड पनि निर्धारण गरेको छ । निर्देशिका अनुसार स्कूल बसको बाहिरको रंग पहेलो हुनुपर्ने, स्कूल बसको अगाडी पछाडी ‘स्कूल बस’ कालो रंगले लेखिएको हुनुपर्ने, यदि बस भाडामा लिईएको भए स्कूलको नाम सहित ‘अन स्कूल ड्यूटी’ लेखिएको ब्यानर वा बसको अगाडी र पछाडी देखिने गरी स्कूल बस लेखिएको प्लेट हुनुपर्ने लगायतका प्राबधान रहेको छ । यस्तै स्कूल बसमा १२ वर्ष मुनिका विद्यार्थीलाई बसको सिटको क्षमताभन्दा डेढ गुणा विद्यार्थी ओसारपोसार गर्न सकिने र १२ वर्ष भन्दा माथिका विद्यार्थीको हकमा सिट क्षमता बराबरको विद्यार्थी राख्नुपर्ने प्राबधान रहेको छ ।

यी सब प्राबधान भएपनि त्यसको खिल्ली उडाउँदै विशेषगरी निजि विद्यालय संचालकहरुले बालबालिका ओसारपोसार गर्ने गरेको छ । जसलाई रोक्न कसैले वास्ता गरेको पाईदैन् । बालबालिकालाई गाईवस्तु खादेजस्तो स्कूल बसमा बालबालिका ओसारपोसार गर्ने गरेको युवा नेता अरबिन्द यादवले बताएका छन् । आफूले बालबालिकालाई सुरक्षितसाथ ओसारपोसार गर्न केही निजि विद्यालयलाई आग्रह गरेपनि वेवास्ता गरेकोले अगामी दिनमा पुनः सच्चाउन आग्रह गरिने र नमानेमा त्यसको प्रतिकार गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!