सिरहा । एक कर्मचारीको निधन भएको शोकमा सिरहा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

आइतबार सिरहा नगरपालिकाका लेखापाल भिखारी सिंह थारुको निधन भएको थियो । हृदयाघातबाट उनको निधन भएको बताइएको छ ।

लेखापाल सिंहको असामयिक निधन भएकोले आज एक दिनका लागि नगरपालिका र यस कार्यालयको मातहतमा रहेका वडा कार्यालय लगायतका सम्पूर्ण कार्यालयहरू पूर्ण रूपमा बन्द रहने सूचना प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय