अंग्रेजी नयाँ वर्ष २०२३ मा जनकपुरधाममा भारतीय पर्यटकहरूको भिडभाड बढेको छ । अंग्रेजीको नयाँ वर्ष मनाउनका लागि भारतको बिहार, उत्तर प्रदेश, मध्य प्रदेश, उत्तराखण्डलगायतका राज्यबाट उल्लेखनीय संख्यामा पर्यटकहरू जनकपुरधाम आएका छन् ।

विश्व प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिरमा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ । भारतीय पर्यटक बढेसँगै जनकपुरका सडकहरुमा भारतीय नम्बर प्लेटका चारपाङ्गे्र सवारी साधनको चाप पनि बढेको छ ।

नयाँ वर्षमा मन्दिरहरूमा पूजा पाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने धार्मिक जनविश्वासले जनकपुरधाममा आएको भारतीय पर्यटकहरुको भनाइ छ । बिहारका कतिपय युवाहरु रमाइलो गर्नका लागि पनि जनकपुर आउने गरेका छन् । बिहारमा मदिाराको विक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ ।

यता, भारतीय पर्यटकहरूको सवारीसाधनको व्यवस्थापन गर्न बिहानदेखि नै ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय