सरकारमा जाने निर्णय गरेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति निवास पुगेका छन् ।

काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यको बैठकले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सो बैठकपछि अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई दुवैजना राष्ट्रपति कार्यालय गएको पार्टी स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयबाट फर्केपछि बैठक पुनः बस्ने जसपाका एक नेताले बताए । बैठकका लागि कार्याकारिणी सदस्यहरु अहिले पार्टी कार्यालयमा नै छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय