मिर्चैया । सिरहाको मिर्चैया नगरपालिका- ७ कटारी जाने बाटोमा उत्तरबाट दक्षिण आउँदै गरेको प्रदेश २-०१-००३ प. ६९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-७ लिखटनेलका ३५ वर्षीय प्रविण तिवारी गम्भीर घाइते भएको र उपचारको लागी फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजादै गर्दा वाटोमा भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।




