निर्वाचन अयोगले आयोजना गरेको पत्रकार सम्मेलन सञ्चारकर्मीहरुले बस्कार गरेका छन्।
मधेश प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजि संचार माध्यमका पत्रकारहरुले आयोगको पत्रकार सम्मेलन बहिस्कार गरेका छन्।

शनिबार निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश प्रमुख हरिशंकर मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिएका थिए।
सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले आयोगको पत्रकार सम्मेलन बहिस्कार गरेका हुन्।



