जनमत पार्टीका अध्यक्ष सीके राउत शुक्रबार ओशो तपोवन पुगेका छन् । बिहीबार तपोवनमै पार्टीको बैठक राखेका राउत शुक्रबार पनि तपोवनमा पुगेका हुन् ।
तपोवनमा उनले स्वामी आनन्द अरुणसँग भेटघाट गरेर आशीर्वाद लिएको जानकारी दिएका छन् । ‘आज काठमाडौंस्थित ओशो तपोवनमा पूज्यनीय स्वामीजीबाट आशीर्वाद ग्रहण’, उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

चुनावअघि राउत सीके ‘ओशो सन्यासी’ बनेका थिए । ओशो तपोवनमा गत साउनमा ९ दिनसम्म ध्यान पूरा गरेर उनी ‘ओशो सन्यासी’ बनेका थिए । त्यतिबेला उनले आनन्द मैत्रय उपनाम पाएका थिए ।

प्रतिनिधिसभा निर्वाचन जितेपछि सीके फेरि स्वामी अरुणलाई भेट्न र आशीर्वाद लिन पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!