सिरहा । सिरहा नगरपालिकाको गहुँ र युरिया, डिएपी मलखाद्य वितरण गर्ने ठेक्का कबूल गरेका व्यपारीले कृषकसँग अतिरिक्त रकम असुल्ने गरेको छ ।
सिरहा नगरपालिका–१ मा रहेको यादव विज भण्डारका प्रोप्राईटर बलराम यादवले सिरहाका विभिन्न वडाका किसानसँग तोकिएको मूल्यभन्दा वढ्ता रकम असुल्ने गरेको छ । विभिन्न वहाना बनाउँदै किसानलाई बाध्य पारेर अतिरिक्त रकम असुल्ने गरेको प्रोप्राईट यादवले चालू आर्थिक वर्षमा सिरहा नगरपालिकासँग गहुँ वीउ, युरिया मल, डिएपी र सायनिक मल आपूर्ति गर्ने ठेक्का कबूल गरेको छ ।
सिरहा नगरपालिका–२२ का जय प्रकाश सिंहले नगरपालिकासँग १ हजार ४२० रुपैयाँमा बेच्ने गरी ४० किलोको गहुँको वीउको व्रिकेता यादवले ३० रुपैयाँ बढ्ता अर्थात १ हजार ४५० रुपैयाँ असुल्ने गरेको गुनासो गरेका छन् । विक्रेता यादवले सिरहा नगरपालिकासँग गहुँको वीउ ७१ रुपैयाँको दरले उपलब्ध गर्ने सम्झौता विपरीत अतिरिक्त रकम असुली गरिरहेको छ ।
त्यस्तै डिएपी मलमा प्रति बोरा २ हजार ५०० र खुद्रामा ५२ को दररेट कायम गरेको छ । त्यसका विपरीत प्रति बोरा १ सय रुपैयाँ बढ्ता किसानसँग असुली गरिरहेको छ । दुई जना किसान मिलेरले एक बोरा डिएपी मल लिदा २ हजार पाँच सय रुपैयाँ लिनुपर्ने भएपनि विक्रेता यादवले १ सय रुपैयाँ अतिरिक्त लिएपछि अर्थात २ हजार ६ सय रुपैयाँ लिएपछि मात्र मल उपलब्ध गराउने गरेको छ ।
समयमा गहुँको वीउ र डिएपी मल उपलब्ध गराउन नसक्ने भएपनि वर्षेनी उनले सिरहा नगरपालिकाबाट करौडौं रुपैयाँको टेण्डर पार्ने गरेको छ । विक्रेता यादव भन्छन्, ‘दुई वटा कुपन भएकोले खुद्रा मुल्य ५२ का दरले अतिरिक्त १ सय रुपैयाँ लिने गरेको बताए ।’
त्यस्तै गहुँको विउको प्रति किलो रु ७१ को दरले ४० किलोको बोरा २ हजार ८४० को ५० प्रतिशत अनुदानमा एक हजार ४२० हुनेमा रु ३० लेवर भन्दै एक हजार ४५० लिएको व्यवसायी यादवले बताए ।

किसानसँग अतिरिक्त रुपैयाँ असुली गरेपनि सिरहा नगरपालिकाको कृषि शाखा र सम्बन्धित वडाका जनप्रतिनिधिदेखि कर्मचारीले निगरानी गर्न सकेको छैन् । १ देखि २२ वटै वडासम्मको गहुँ वीउ पुर्याउने टेण्डर साकार गरेको यादव वीज भण्डारको अतिरिक्त रकम असुलीप्रति सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव र सुशासन शाखाले पनि निगरानी राख्नुपर्छ । आफ्नो पालिकाको किसान दिनदहाडै ठगिनु पर्ने बाध्यता हटाउन सिरहा नगरपालिकाको अभिभावकीय भूमिकाको आवश्यकता भएको स्थानीय युवा दिपेन्द्र यादवले बताए । ‘किसानसँग भईरहेको ठगि धन्दा रोकिनुपर्छ,’ उनले भने, ‘यसमा सिरहा नगरपालिकाले सक्रियता बढाउनै पर्छ ।’



