फाइल तस्बिर

सिरहा । २०५३ सालमा सिरहा नगरपालिका स्थापना भयो । नगरपालिका स्थापना भएको करिब २६ वर्ष पुगेको छ । २६ वर्षमा सिरहा नगरपालिका जो जिल्ला सदरमुकामको रहेको छ, मुख्य सडकको दुराअवस्था छ । सहिद राजेश ठाकुर पार्कदेखि मखनाहा सम्मको करिब तीन किलोमीटर सडक विस्तार नहुँदा मुख्य प्रशासनिक केन्द्र सिरहा गाउँ झैं देखिएको छ ।

२६ वर्षमा चार जना मेयर सिरहा नगरपालिकाको नेतृत्वमा पुगेका छन् । २०५३ सालमा नगरपालिका घोषणा भएपछि प्रथम मेयरको रुपमा मुनेश्वर यादवले नगरपालिकाको जिम्मेवारी सम्हाले । त्यसपछि स्थानीय चुनाव नहुँदा रामनन्दन मण्डल मेयर भए । द्वन्दकाल र राजा ज्ञानेन्द्र शाहले कू गरेको समयमा सिरहा नगरपालिकाको मेयरको जिम्मेवारी अशेश्वर प्रसाद यादवले पाएका थिए । देशमा बदलाब आएपछि २०७२ मा संविधान जारी भयो । संविधान जारी भएपछि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पुनः दोस्रो कार्यकालको लागि अशेश्वर प्रसाद यादव जनतावाट अनुमोदित भएर पाँच वर्ष मेयरको जिम्मेवारी पूरा गरेका छन् ।
२०७९ को वैशाखमा सम्पन्न निर्वाचनबाट पूर्वमेयर यादव तेस्रो पटक नेतृत्वमा आउन चुनाव लडेपनी पराजित भए । २०७९ मा डा नविन कुमार यादव निर्वाचित भएर सिरहा नगरपालिकाको नेतृत्व तहमा पुगेका छन् । २६ वर्षमा चार जना नगरप्रमुख भईरहँदा पनि सिरहा नगरपालिकाकाको मुख्य सडकको अवस्थामा सुधार हुन सकेको छैन् । करिब तीन किलोमीटर सडकमा सयौं खाल्डाखुल्डी छ । सवारी जाम भएर आवतजावत नै ठप्प हुने अवस्था सृजना भएको छ ।

बार एशोसिएसन सिरहाका अध्यक्ष अधिवक्ता विरेन्द्र कुमार सिंहका अनुसार सदरमुकाम सिरहाको मुख्य सडक विस्तार गर्नमा बाधक सधैं नेतृत्व गर्ने राजनीतिक नेतृत्व नै रह्ने गरेको बताउँछन् । २०३२ सालमा सडकको मापदण्ड तय भईसक्दा पनि सिरहा नगरपालिकाको नेतृत्व तहमा पुगेकाहरुले आफ्नो दायित्व निर्वाह गर्न नसक्दा अवस्था भयावह बन्न पुगेको अध्यक्ष सिंहको बुझाई छ । सडक विस्तारलाई रोक्न माफियाहरुले आफ्नो सक्रियता बढाउँदै नगरकै विकासको बाधक बन्दा पनि नियमनकारी निकाय मौन रहेको उनको दावी छ ।

नियमनकारी निकायको मौनताकै करण सडक क्षेत्रलाई अतिक्रमण गर्न लगाउने, आफ्नो व्यक्तिगत जग्गा जोगाउन सरकारी जग्गामा भवन बनाउन लगाउने जस्ता काम भएको भन्दै अध्यक्ष सिंहले यस विरुद्धमा यहाँका नागरिक समाज र आम नागरिक उठ्नु पर्ने बताउँछन् । सडक विस्तारबाट प्रभावित बन्ने सक्ने व्यक्तिको सूची बनाएर आवश्यक बन्दोबस्ती गर्दै अगाडी बढ्नु जरुरी रहेको जानकारहरुको भनाई छ । मुख्य सडक स्तोरोन्नती रोक्नु नहुने भन्दै मार्कामा पर्ने परिवारको पहिचान गरि आवश्यक सामाधानको पहल गर्नु जरुरी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!