सत्ता गठबन्धनका दल आगामी सरकार समीकरणको जोडघटाउको छलफलमा जुटेका छन् । १९ मंसिरमा चुनावीपछि पहिलोपटक सत्ता गठबन्धनका दलहरूबीच औपचारिक संवाद भएको छ ।

चुनावी समीक्षा र गठबन्धनको भविष्यसँग जोडिएको यो बैठकले ठोस निर्णय गरेको छैन । तर, गठबन्धनलाई निरन्तरता दिने सहमति भने जुटाएको छ । सोही सहमतिको निष्कर्षमा संयुक्त विज्ञप्ति निकालेका छन् ।

यो गठबन्धनका लागि प्रधानमन्त्री निकै पेचिलो बन्ने देखिन्छ । आलोपालोलमा प्रधानमन्त्री हुने सहमति दलहरूबीच देखिन्छ । तर,  पहिलो खेपको प्रधानमन्त्री को हुने ? भन्नेमा चाहिँ प्रश्न छ । यो प्रश्नको जवाफसँग अरु पदबीचको भागवण्डा पनि निकै पेचिलो बन्ने देखिन्छ । त्यही बुझेर अघिल्लो साता एकीकृत समाजवादीको सचिवालय बैठकले शक्ति बाँडफाँट प्याकेजमा हुनुपर्ने निर्णय गरेको छ ।

गठबन्धनको निरन्तरता र प्याकेजमा सहमति जुटाउनुपर्ने निर्णयले प्रधानमन्त्रीबाहेकका पद पनि महत्वका छन् भन्ने देखाएको छ । हुन पनि, राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश प्रमुख, संघीय सभामुख, प्रदेश सभामुख, संघ र प्रदेशका उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षसहित करिब ३५ वटा पदमा सहमति जुटाउनुपर्नेछ । त्यसैले प्याकेजमा छलफल गर्नुपर्ने नेताहरूले बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय