#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपालिका

सिरहा । एलआइसी नेपालले एक कार्यक्रमको आयोजना गरी मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । सिरहा नगरपालिका–२ की मिना कुमारी देवी साहलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो ।
एलआईसी जीवन बिमा कम्पनीले उपलब्ध गराएको चेक सिरहा नगरपालिकाका नगर प्रमुख डा.नविन कुमार यादव र सिरहा नपा–२ का वडाध्यक्ष राकेश कुमार यादवले संयुक्त रुपमा मृतक रामऔतार साहको श्रीमति मिना कुमारी देवी साहलाई प्रदान गरे । साहलाई दिएको चेकमा ५ लाख ७१ हजार ८ सय ५४ रुपैयाँ उल्लेख गरिएको थियो ।

मृत्युपछि परिवारमा हुने क्षतिलाई कसैले पुर्ति गर्न सक्दैन तर बिमा बमोजिमको रकम प्रदान गरेर बिमा कम्पनीले आर्थिक रुपले जीवनलाई सहज बनाउने गरेको सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादवले बताए । परिश्रम र लगनशिलता नै व्यक्तिको जीवनमा सफलता ल्याउने बताउदै सबैलाई आफ्नो जीवनमा सहजताका लागि परिश्रमी र लगनशिल बन्न आग्रह गरे ।
थोरै–थोरै गरेर धेरै हुने भएकोले त्यस भनाईलाई व्यवहारमा लागु गर्दै जीवन बिमा गर्नेतिर सबैलाई लाग्न सिरहा नगरपालिका २ नं. वडाका वडाध्यक्ष राकेश यादवले आग्रह गरे । संघर्षको अर्को नाम जीवन हो भन्दै सबैले आफ्नो जीवनकालमा संघर्ष गर्नुपर्ने उनले बताए ।

बिमा कम्पनीले बर्षातको मौसममा पानीबाट बच्न छाताको आवश्यकता परे जस्तै व्यक्तिको जीवन आन्नदमय बनाउनका लागि जीवन बिमा उतिकै खाँचो पर्ने गरेको सिनियर एजेन्सी मैनेजर मंजु यादवले बताइन् । ‘गाडि घण्टी बजाएर आउँछ तर मृत्यु त्यसरी आउदैन,’उनले भनिन्, ‘फजुल खर्च कटौती गरी बचत रकम जीवन बिमामा लगाइयो भने जीवनमा सफलता हासिल गर्न सहज हुन सक्छ ।’

‘घर, जग्गा वा गाडि खरिद गर्दा रकम अपुग हुँदा व्यक्तिले ऋण लिन्छ । धेरै किस्ताको रकम तिरिसकेको हुन्छ तर कुनै कारणले थोरै किस्ता तिर्न नसक्दा सम्पति जफत गरेर ऋण चुक्ता गराउछ,’उनले थपिन्,‘जीवन बिमा गर्दा किस्ता तिर्दै जाँदा अचनाक मृत्यु वा कुनै घटना हुँदा किस्ता तिर्न नसक्दा उल्टै बिमा कम्पनीले बिमा गरे बमोजिमको रकम प्रदान गर्ने गर्दछ । ऋण लिनु र बिमा गर्नुमा यही फरक तथा फाइदाको पक्ष छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!