सिरहा क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका उम्मेदवार, लिलानाथ श्रेष्ठ जित नजिक सिरहा, ९ मंसिर । सिरहा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा नेकपा एमालेका लिलानाथ श्रेष्ठ जित नजिक रहेका छन् । अहिले सम्मको मतगणनामा उम्मेदवार श्रेष्ठ अरू उम्मेदवार भन्दा १०४८ मतले अग्रता देखिएको छ । श्रेष्ठ मतगणनाको पहिलो दिन देखिनै बामलोकतान्त्रिक गठबन्धका संयुक्त उम्मेदवार नेकपा माओबादि केन्द्रका तपÞर्m बाट उम्मेदवारी दिएका विश्वनाथ साह लाइ पछी पार्दै आएका छन् । मुख्य प्रतिस्पर्धी नेकपा माओबादि केन्द्रका उम्मेदवार बिश्वनाथ साह अहिले सिरहा नगरपालिकाको २० वटा वडाको मतगणना संम्पन्न हुदा सम्म १०४८ मतले पछि परेको देखिन्छ भने सिरहा नगरपालिकाको ५ र १३ गरी २ वटा वडाको मतगणना जारि रहेको छ । हाल सम्म नेकपा एमालेका लिलानाथ श्रेष्ठले २७३३७, माओवादी केन्द्रका विश्वनाथ साहले २६२८९ मत प्राप्त गरेको छ ।




