
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् ।
आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

‘तपाईँ मतदातालाई हार्दिक धन्यवाद, तपाईँको मतको सधैँ कदर गर्छौँ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।