सिरहा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं मधेश प्रदेशका सह–इन्चार्ज लीलानाथ श्रेष्ठले चुनावी अभियान अन्र्तगत रोड शो सम्पन्न गरेका छन् । सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यमा दोहोरिन उम्मेदवारी दर्ता गराएका श्रेष्ठले गोलबजारमा रोड शो सम्पन्न गरेका छन् । हजारौं नेता कार्यकर्ताको साथ पाएर रोड शोमा निस्किएका श्रेष्ठ मतदाताको घर, पसलमा पुगेरै मत मागेका छन् ।

गोलबजार नगरपालिका–६ लगायतका मुख्य बजार क्षेत्रमा उनीले दिनभरी रोड शो गरेका छन् । विभिन्न वडाबाट आएका नेता कार्यकता सहभागी रोड शोले श्रेष्ठलाई आसन्न निर्वाचन जित्न मनोबल उच्च बनाएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त रोड शो रहेकोमा नेता श्रेष्ठसँगै सिरहा क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार एमालेका मनोज सिंहपनि थिए । नेता श्रेष्ठ र सिंहसँगै गोलबजार नगरको परिक्रमा गर्दै आफूहरुको संयुक्त प्यानललाई भव्य रुपमा जित दिलाउन अह्वान गरेका छन् ।

रोड शोमा एमाले नेता श्रेष्ठले आफूले विकासको आमूल परिवर्तन सिरहामा गरेकोले बाँकी रहेको विकासका काम गर्न मतदान गरी जिताउन अह्वान गरेका छन् । आफू सपना देख्ने मान्छे भएको र त्यसै अनुसार सिरहालाई विकासको दृष्टिकोणबाट अगाडी बढाउँदै गएको भन्दै उनले सीमादेखि चुरेसम्मको सडकलाई जोड्ने काम तिव्र गतिमा भईरहेको बताए । सीमादेखि पहाड जोड्ने गरी काम भईरेकोले यस क्षेत्रको कृषि उपजहरु सहजै पहाडी जिल्लामा पुग्ने र आयस्रोतमा फड्को मार्न सक्ने बताएका छन् ।

सिरहामा खेलकुद, पूर्वाधार विकासका क्षेत्रमा ठूलो फड्को मारिएको भन्दै उनले अगामी दिनमा माडर भन्सारलाई ड्राईपोर्टको रुपमा अगाडी बढाउने, जिल्ला अदालत सिरहालाई सदरमुकाममा जग्गा उपलब्ध गराउन लगाएर भवन लगायतका संरचना बनाउनमा भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय