नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यष सरोज सिटौला केही दलहरुले मतदाता ओसार्न बुक गर्न थालेको बताउँछन् । ‘दलहरुले यात्रुहरुलाई गाउँ लैजान सुरु गरिसकेका छन्,’ उनले भने, ‘अहिले सवारीको बुकिङ बढेको छ ।’
उनका अनुसार प्रत्येकजसो चुनावमा दलहरुले आफ्ना मतदातालाई निःशुल्क घर पुग्ने व्यवस्था गरेका छन् । निःशुल्क गाउँ जाने मौकाको फाइदा उठाउँदै काठमाडौंबाट धेरै यात्रुहरु बाहिरिन थालिसकेको सिटौलाले बताए ।
‘अब केही दिन सवारीमा पनि चाप बढ्छ,’ उनी भन्छन्, ‘मताधिकार प्रयोग गर्न गाउँ जानेहरुलाई सुहज र सुरक्षित यात्रा गराउन हामी प्रतिवद्ध छौं ।’




